Logo
११ मंसिर २०८१, मंगलबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिविरुद्ध फेसबुकमा स्टाटस लेख्ने युवक पक्राउ

काठमाडौँ : राष्ट्रपतिलाई फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तनहुँ बन्दीपुर ३ घर भएका २० वर्षीय विवेक बानियालाई आज काठमाडौँबाट पक्राउ गरेको हो । पक्राउ गरेका बानियालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन,२०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

ऐनको दफा ४७ मा कानुन विपरीतका काम विद्युतीय माध्यमबाट गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ । कुनै निश्चित मापदण्ड र परिभाषा नभएको कारण यही दफा ४७ प्रयोग गरेर प्रहरीले सबै खालका साइबर अपराधको सम्बोधन गर्दै आएको छ ।

ब्युरोका प्रवक्ता एसपी जीवनराम श्रेष्ठका अनुसार गत असारमा फेसबुकमा अश्लील र अमर्यादित स्टाटस लेखेपछि उनी फरार थिए । साइबर कानूनको अभावमा यस्ता विषयलाई इकमर्स (इलेक्ट्रोनिक कारोबार) लाई व्यवस्थित बनाउन ल्याइएको यो कानुनको दफा ४७ अनुसार मुद्दा चलाइने गरेको छ ।

 

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्