Logo
२३ भाद्र २०८१, आईतबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुस लिँदालिँदै मालपोत कार्यालयका काफ्ले पक्राउ

भक्तपुर : जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा बिहीबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । टोलीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले काफ्लेलाई पक्राउ गरेको हो ।सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्