Logo
२५ पुस २०८१, बिहीबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SD मुनी भन्छ्न्-नेपालमा ‘नयाँ राष्ट्रवाद’को विजय (भिडियो)

काठमडौँ  : नेपालमा भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामलाई विभिन्न जोड र कोणबाट विश्लेषण सुरु भएको छ । भारतको राज्य सभा टिभीमा नेपालको चुनावबारे भएको बहसमा मुनीले नेपालमा नयाँ राष्ट्रवादले जितेको बताए । ‘यो चुनवामा नयाँ राष्ट्रवादको विजय भएको छ,’ उनले भने,‘त्यो भनेको एक हिसावले भारत विरोधी मनोविज्ञानको पनि जीत हो।’ उनले भारतले लगाएको आर्थिक नाकान्दीले पनि त्यसलाई बढाउन सहयोग गरेको बताए।

निर्वाचनको यो परिणामलाई नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले ‘नयाँ राष्ट्रवाद’ को विजयी भएको रुपमा विश्लेषण गरेका छन्। तर, उनले त्यो कस्तो नयाँ राष्ट्रवाद हो भन्ने बारे प्रष्ट व्याख्या गरेनन् । मुनीले नेपाली कांग्रेसले नराम्रोसँग चुनाव हार्नुका कारणहरु मध्ये तराई र भारत प्रति नरम दृष्टिकोण राख्नु पनि भएको टिप्प्णी गरे । ‘नेपाली कांग्रेस तराई र भारत प्रति केही नरम थियो, जुन नयाँ राष्ट्रवादले स्वीकारेन्,’ मुनीले भने ।

बहसमा सहभागि नेपालका लागि भारतका पूर्व राजदुत राकेश सुदले पनि मुनीको कुरामा सहमति जनाए ।
मुनीले नेपाली कांग्रेसले चुनाव हार्नुका अन्य कारणहरुमा कमजोर नेतृत्व र चुनावी अभियानमा केवल ‘कम्युनिष्ट आउँदैछन् । अधिनायकवाद आउँछ’ भन्ने रटान पनि रहेको उल्लेख गरे । उनले यो चुनावमा परिवार, गुण्डागिरी र व्यावसायबाट राजनीतिमा आएहरुको नाराम्रोसँग पराजय भएको बताए ।

भिडियो :

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्