Logo
२ कार्तिक २०८१, शुक्रबार
(December 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्देशक एवं कलाकार निरज वोराको निधन

बलिउड लेखक, निर्देशक एवं अभिनेता निरज वोराको निधन भएको छ। एक वर्षदेखि कोमामा रहेका उनको ५४ वर्षको उमेरमा निधन भएको हो । उनको शरीरको विभिन्न अङ्गले काम गर्न छोडेको आउटलुक म्यागजिनमा जनाइएको छ। चार दिन यता शारीरिक समस्या बढेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

बिहान क्रिटिकेयर अस्पताल मुम्बईमा उनले अन्तिम श्वास फेरेका हुन्। विहीबार दिउसो ३ बजे सान्ताक्रज वेस्टमा अन्तिम संस्कार गरिने जनाइएको छ । वोराले कम्पनी, मन, बादशाह, पुकार, सत्य लगायत फिल्ममा अभिनय गरेका छन्। फिल्म हेरा फेरी लेखेका वोराले फिर हेरा फेरी र चाची ४२० निर्देशन समेत गरे ।

प्रकाशित मिति: Dec 14, 2017

प्रतिक्रिया दिनुहोस्