Logo
१७ कार्तिक २०८१, शनिबार
(December 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदारको जितसँगै प्रत्यक्षतर्फको मतगणना सम्पन्न

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रका लागि भएको निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण मतगणना आएको छ ।

२१ गते निर्वाचन सम्पन्न भएपछि शुरु भएको मतगणनामा बुधवार विहानबाट सकिएको हो । अन्तिममा मतगणना सम्पन्न भको सुनसरी ३ बाट नेपाली काङ्ग्रेसका नेता एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार विजयी भएका छन् । उनले नेकपा एमालेकी भगवती चौधरीलाई पराजित गरेका हुन् । गच्छदारले ३८ हजार ९ सय ७२ मत ल्याएर विजयी भएका छन भने चौधरीले ३८ हजार ६ सय ५१ सहित झिनो मतान्तरले पराजित भएकी छिन् ।

मतपरिणाम घोषणा भइसकेका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये नेकपा एमालेले प्रतिनिधि सभामा ८० सिट जित्दै अग्रस्थानमा रहेको छ । माओवादी केन्द्र ३६ सिटमा जित्दै दोस्रो स्थानमा रहेको छ । नेपाली काङ्ग्रेसले २३ सिट जित्दै तेस्रो स्थानमा छ । यस्तै, राजपा ११ र सङ्घीय समाजवादी फोरमले १० सिटमा विजयी भएका छन् । राप्रपा, नयाँ शक्ति, नेमकिपा र राजमोले एक एक स्थानमा र स्वतन्त्र उम्मेदवारले १ स्थानमा विजयी भएका छन् ।

कुल १ सय ६५ सांसदका लागि १ हजार ९ सय ४४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

यस्तै प्रदेशसभातर्फको सबै मतपरिणाम सार्वजनिक भएको छ । जसमा जसमा एमालेले १ सय ६६, माओवादी केन्द्र ७३ र काङ्ग्रेसले ४५ स्थानमा जितेका छन् । अन्य दलको भागमा ४५ सिट परेको छ । ३ सय ३० सांसदका लागि ३ हजार २ सय ३८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

प्रकाशित मिति: Dec 13, 2017

प्रतिक्रिया दिनुहोस्