Logo
११ पुस २०८१, बिहीबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थगित रहेको सर्लाही ४ र सुनसरी ३ को मतगणना सुरु

काठमाडौं : सर्लाही क्षेत्रनम्बर ४ र सुनसरी क्षेत्रनम्बर ३ मा रोकिएको मतगणना मंगलबार बिहानबाट पुनः सुरु भएको छ । सुनसरी ३ अर्धकट्टीसहितको २७ वटा मतपत्र भेटिएपछि र सर्लाही ४ मा मतपेटिकामा शिल नलगाएको पाइएपछि विवाद भएको थियो ।

सुनसरीका मुख्य निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले गणना सुरु गर्ने सहमति भइसकेको जानकारी दिए । उनले  भने, ‘निर्वाचन आयोगले अविलम्ब गणना सुरु गर्न निर्देशन दिइसकेकाले काम पनि सुरु भयो ।’

यसैगरी सर्लाही ४ मा कांग्रेसका अमरेस कुमार सिंह र राजपा उम्मेदवार राकेश कुमार मिश्रबीच कडा प्रतिस्पर्धा भइरहेको छ । अमरेस राकेश भन्दा पछि परेका छन् । अमरेसको घर रहेको बलराको एउटा केन्द्रको मतपेटिकामा शिल नलगाएको पाइएपछि विवाद भएको थियो ।

सुनसरी क्षेत्र नम्बर ३ मा उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी उम्मेदवार छन् । उनीहरुबीच कडा टक्कर छ । गच्छदार १५५ मतअन्तरले पछि परेको बेला विवाद सुरु भएपछि गणना रोकिएको थियो । गच्छदार र चौधरीबीच यो तेस्रो पटकको चुनावी प्रतिस्पर्धा हो । यसअघिका दुबै निर्वाचनमा गच्छदारले चौधरीलाई पराजित गरेका थिए ।

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्