Logo
११ मंसिर २०८१, मंगलबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामेछापको समानुपातिकको मतगणना पनि सकियो

रामेछाप : रामेछापमा मंसिर १० गते भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि भएको निर्वाचनको समानुपातिक तर्फको मतगणना पनि सकिएको छ । समानुपातिकको भोटमा रामेछापमा एमाले पहिलो पार्टी बनेको छ ।

निर्वाचनमा जम्मा खसेको ८९ हजार ५ सय ८७ मत गन्दा प्रतिनिधिसभा तर्फ नेकपा एमालेले कांग्रेसले भन्दा २ सय २५ बढी मत प्राप्त गरेको छ । मतपरीणाम अनुसार एमालेले २६ हजार ८ सय ५२ , नेपाली कांग्रेसले २६ हजार २ सय २७ र माओवादी केन्द्रले १९ हजार ४ सय ३७ मत प्राप्त गरेका छन् ।

समानुपातिक तर्फको परीणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा एमाले पहिलो , नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका छन् । त्यसैगरी प्रदेशसभा तर्फ पनि नेकपा एमलेलेनै बढी मत पाएको छ । नेपाली कांग्रेसले भन्दा २ हजार २ सय ३६ मत बढी ल्याएर प्रदेश सभामा पनि एमाले पहिलो बनेको छ ।

प्रदेशसभातर्फ नेकपा एमालेले २६ हजार १ सय २ , कांग्रेसले २३ हजार ८ सय ६६ र माओवादी केन्द्रले १८ हजार ७ सय ४८ मत ल्याएका छन् ।

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्