Logo
१२ पुस २०८१, शुक्रबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभामा १५७ र प्रदेशसभा तर्फ ३१८ प्रतिनिधि निर्वाचित : आयोग

काठमाडौं : मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । अब प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका १२ निर्वाचन क्षेत्रको मात्र अन्तिम मत परिणाम प्राप्त हुन बाँकी रहेको छ ।

पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० का लागि निर्वाचन भएको थियो ।आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज विहान ९ बजेसम्म प्राप्त विवरण अनुसार, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १५७ र प्रदेशसभा सदस्यतर्फ ३१८ प्रतिनिधि निर्वाचित भएका छन् ।

हालसम्म प्राप्त विवरण अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा एमालेका ७७, नेकपा (माओवादी केन्द्र) का ३४, नेपाली काँग्रेसका २१, राष्ट्रिय जनता पार्टी, नेपालका १० र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित हुनुभएको छ । यसैगरी, नयाँ शक्ति पार्टी, नेपालका १, नेपाल मजदूर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रतिनिधि तथा स्वतन्त्र १ निर्वाचित हुनु भएको छ ।

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, नेकपा एमालेले १० लाख ४५ हजार ५९५ मत, नेपाली काँग्रेसले ९ लाख ७४ हजार ९२३, नेकपा (माओवादी केन्द्र) ले ४ लाख ३० हजार ९२९, संघीय समाजवादी फोरम, नेपालले ७४ हजार ३५८, विवेकशील साझा पार्टीले ५९ हजार ३७२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५५ हजार २१९, राष्ट्रिय जनता पार्टी, नेपालले ४८ हजार ९६६, नयाँ शक्ति पार्टी, नेपालले ३३ हजार १७९, राष्ट्रिय जनमोर्चाले २५ हजार ८२६ र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले २२ हजार ६१९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्