Logo
४ आश्विन २०८१, शुक्रबार
(December 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोक्लम विवादपछि पहिलो पटक चिनियाँ विदेशमन्त्री भारतमा

दोक्लम विवाद अन्त्य भएपछिको पहिलो उच्चस्तरीय भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङ यी भारत पुगेका छन्। उनले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । नयाँदिल्ली प्रस्थान गर्नुअघि विदेशमन्त्री वाङले बेइजिङमा चीन–भारत रणनीतिक साझेदारीले ‘आंशिक संघर्ष’ लाई उछिन्ने बताएका थिए। उनले गतसाता ’चीनको सीमा अतिक्रमण गर्ने भारतीय कदमलाई कूटनीतिक तरिकाले नै हल गरेको’ बताएका थिए ।

वाङ रुस–भारत–चीन त्रिपक्षीय बैठकमा सहभागी हुन भारत पुगेका हुन् । तीन देशबीच क्षेत्रीय र विश्वव्यापी मुद्दाहरुमा छलफल हुने बताइएको छ। रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोव पनि नयाँ दिल्ली पुगिसकेका छन् । ‘चीन र भारतबीच भिन्नताहरुभन्दा धेरै गुणा ठूलो साझा रणनीतिक स्वार्थ र आंशिक संघर्षभन्दा धेरै गुणा बढी सहकार्यको आवश्यकता विद्यमान छ,’ उनले भनेका थिए ।

दोक्लममा करिब अढाइ महिनाको तनावपछि यो चिनियाँ पक्षले गरेको पहिलो उच्चस्तरीय भारत भ्रमण हो। भारतीय पक्षबाट भने प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स शिखर सम्मेलनको बेला चीनको भ्रमण गरिसकेका छन् । विदेशमन्त्री वाङको भ्रमणपछि स्टेट काउन्सिलर याङ जेइचीले भारत भ्रमण गर्ने अपेक्षा गरिएको छ। याङले भारतमा सीमा विवादबारे वार्ता गर्ने बताइएको छ ।

प्रकाशित मिति: Dec 11, 2017

प्रतिक्रिया दिनुहोस्