सर्लाहीमा झडप : अमरेशकुमारका कार्यकर्ताद्धारा हुलदंगा
काठमाडौं : सर्लाहीको मलंगवास्थित सर्लाही क्याम्पसमा नेपाली कांग्रेस र मधेश, बाम गठबन्धका कार्यकर्ताबीच झड्प भएको छ । स्थिती नियन्त्रणमा लिनका लागि प्रहरीले ८ राउण्ड अश्रुग्याँस प्रहार गरेको बताईएको छ ।
सर्लाही -४ मा बाम गठबन्धनका उम्मेद्वार बिजयको नजिक पुगेपछि गठबन्धनका कार्यकर्ता बिजय जुलुस मनाउने तयारी गर्दै गर्दा कांग्रेस निकट युवाहरुले हुलदंगा गरेका थिए । अश्रुग्यास प्रहारपछि स्थिति नियन्त्रणमा आएको छ ।
कांग्रेस नेता अमरेशकुमार सिंह निकट समुहले ढुंगामुढा गर्न थालेपछी स्थिती नियन्त्रणमा लिनका लागि अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक अधिकृतले जानकारी दिएका छन् ।
प्रहरीले झडप नियन्त्रणमा लिन आठ राउण्ड आँशु ग्यास प्रहार गरेको छ । झडपमा तीन जना घाईते भएका छन् । सर्लाही क्षेत्र नं. ४ को बलरा नगरपालिका–४ मा पर्ने जब्दी बुथको विषयमा झडप भएको हो ।
मतदान पेटिकामा ७ वटा शिल हुनुपर्नेमा ५ वटा शिल मात्र भेटिएको विषयमा राजपा कार्यकर्ताले बिरोध गरेपछि आईतवार राती करिब साढे १० बजे देखि नै मतगणा स्थगित भएको छ ।
साथै चुनावको दिन ४५ प्रतिशत मदान भएको र गणना गर्ने समयमा ९६ प्रतिशत मतदान रेकर्ड देखापछि विवाद भएको राजपाका प्रतिनिधि सभाका उम्मेदवार राकेश मिश्रले जानकारी दिए ।
त्यही विषयमा काँग्रेस कार्यकर्ताले राजपा कार्यकर्ता माथि ढुंगा प्रहार गरेपछि राजपा कार्यकर्ता प्रतिकार गर्दा मलंगवा स्थित मतगणना स्थल सर्लाही क्याम्पस अगाडी दोहरो झडप भएको छ ।
झडपमा घाईते हुनेमा गोडैता–१० सिसौटिया निवासी ३५ कपलेश्वर मण्डल, बलरा नगरपालिका–१० सुदामा निवासी सुरेन्द्र सिंह र चक्रघटा–२ बेल्ही निवासी रामछविला साह घाईते भएका छन् ।
चार वटा मोटरसाईकलमा समेत क्षति पुगेको छ । घटना स्थलमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले सम्म भएको मतगणना परिणाम अनुसार राजपाका उम्मेदवार राकेश मिश्रको १६३१८ र काँग्रेस उम्मेदवार अमरेश कुमार सिंह १५९३६ मत रहेको छ ।