Logo
११ मंसिर २०८१, मंगलबार
(December 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा पछिल्लो समय प्याज र गोलभेडाको भाउ घट्दै

नयाँ दिल्ली (भारत) । भारतमा पछिल्लो केही समययता उचाइमा पुगेको प्याज र गोलभेडाको भाउ आगामी केही दिनभित्रमा कम हुन सक्ने कृृषि सचिव एसके पटनायकले बताएका छन् ।

आगामी १५–२० दिनमा नयाँ बाली आउने र यसैकारण खुद्रा बजारमा गोलभेडा र प्याजको बढिरहेको भाउ केही शान्त हुने अनुमान गरिएको हो । यी तरकारीको भाउमा देखिएको समस्या अस्थायी भएको र पक्कै पनि यसको समाधान छिटै हुने उनको भनाइ छ । हाल भारतको राजधानी दिल्लीको खुद्रा बजारमा प्याज र गोलभेडाको भाउ प्रतिकिलो ७०–८० रुपया रहेको र भारतका अन्य शहरहरूमा पनि भाउमा अवस्था उस्तै रहेको व्यापारसम्बन्धी तथ्याङ्कले देखाएको छ ।

बेमौसमी वर्षा र देशका केही भागमा परेको सुख्खाका कारण यी दुवै तरकारीको आपूर्ति प्रभावित हुँदा भाउ उकालो लागिरहेको थियो । पीटीआई

प्रकाशित मिति: Dec 5, 2017

प्रतिक्रिया दिनुहोस्