Logo
११ पुस २०८१, बिहीबार
(December 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्योग राज्यमन्त्री रेशम लामा पार्टीबाट निष्काशित, पदबाट मुक्त गर्न सिफारिस

काठमाडौं । राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री तथा उद्योग राज्यमन्त्री रेशम बहादुर लामालाई पार्टीले निष्काशन गरेको छ ।

पार्टी हितविपरीत काम गरको भन्दै राप्रपा (प्रजातान्त्रिक)ले महामन्त्री लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो । साथै उनलाई राज्यमन्त्रीबाट समेत हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरिएको छ ।
पार्टी अध्यक्ष पशुपति शमशेर राणाले एक विज्ञप्ति जारी गर्दै पार्टीको हित विपरित र लोकतान्त्रिक गठबन्धनलाई आघात पुर्याउने काम गरेको भन्दै उनलाई उद्योग राज्य मन्त्री पदबाट पद मुक्त गर्न सिफारिस गरेको हो ।

‘संविधानको धारा २९८ को उपधारा ९(ग) मा भएको व्यवस्थाबमोजिम लामालाई राज्यमन्त्री पदबाट पदमुक्त गरी दिन सिफारिस गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।
राज्यमन्त्री लामाले केहि दिन अगाडि पत्रकार सम्मेलन गरी काभ्रे जिल्लामा बाम गठबन्धनका उम्मेदवारलाइ समर्थन गर्ने बताएका थिए ।

केन्द्रीय स्तरमा लोकतान्त्रिक गठबन्धनमा आवद्ध रहेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणालाई पहिलो चरणको निर्वाचनमा काङ्ग्रेसले सिन्धुपाल्चोकमा सघाएको थियो । चुनाव सकिए लगत्तै काभ्रेमा लामाले पत्रकार सम्मेलन गरेर बाम गठबन्धनलाई सघाउने निर्णय गरेका थिए ।

प्रकाशित मिति: Dec 2, 2017

प्रतिक्रिया दिनुहोस्