Logo
११ पुस २०८१, बिहीबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वित्तीय भार घटाउन १६ लाख कोरियालीलाई कर्जा माफी

सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाले लाखौं जनताको कर्जा माफ गरेको छ । न्यून आय भएका कोरियालीहरूको वित्तीय भार घटाउन सरकारले ‘ह्यापिनेश फण्ड’ खोलेको छ ।

यसले १ करोड वन (९ हजार १ सय २८ डलर)भन्दा थोरै रकमको कर्जा भुक्तानी गर्न सङ्घर्षरत निश्चित कोरियालीहरूलाई मद्दत गर्नेछ । यस योजनाका लागि योग्य मानिसले आगामी फेब्रुअरीदेखि नै सरकारसँग ऋण मोचनका लागि आवेदन दिनुपर्नेछ ।

आवेदकको आवेदन पारित भएमा उसले तिर्नुपर्ने कर्जा राष्ट्रिय ह्यापिनेश फण्डबाट सरकारले तिरिदिनेछ । यस योजनाका लागि योग्यता हासिल गर्न गरीब कोरियालीले आफ्नो मासिक आम्दानी ९ लाख ९० हजार वन (९ सय १० अमेरिकी डलर)भन्दा थोरै भएको र एक दशकभन्दा अघिदेखि नै सङ्घर्ष गर्दा समेत कर्जा तिर्न नसकिएको देखाउन सक्नुपर्नेछ ।

यस योजनाले ६२ खर्ब वनबराबरको खराब कर्जा अपलेखन गर्ने बताइएको छ । ह्यापिनेश फण्ड गरीब कोरियालीहरूले कर्जा व्यवस्थापन गर्न सकून् भन्ने हेतुले सन् २०१३ मा स्थापना गरिएको हो । स्थापना भएयता यस कोषले कर्जा पुनःसंरचनाका लागि ६८ खर्ब वन उपलब्ध गराइसकेको छ । एजेन्सी

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्