जलेको बेवारिसे अवस्थामा युवकको शव फेला
राकेश कुमार, रौतहट : सदरमुकाम गौर स्थित राईस मिलको भवनमा बेवारिसे अवस्थामा एक युवकको शव बरामद भएको छ । मिलको पुरानो भवनको पूर्व पट्टीको कोठामा दक्षिण कुनामा मृत अवस्था रहेको युवकको शवको एउटा खुट्टा काटिएर सडेको अवस्थामा भेटिएको हो ।
दुर्गन्ध आइरहेकोले चौरमा खेलने विद्यार्थीहरुले घरमा हेर्दा मानिसको शव विक्षिप्त अवस्थामा रहेको देखेर प्रहरीलाई खबर गर्दा युवकको शव फेला परेको हो ।
बरामद भएको युवकको शव पहिचान नहुने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक युवकको उमेर १२ देखि २० को विचको भएको अनुमान गरिएको छ भने शरीरमा टी शर्ट र अंडर बेयर लगाएको नजिकमा रंगीन रुमाल देखिएको प्रहरीले जनाएको छ ।
करीव १५ दिन पहिलाको शव रहेको कारण पूर्व रूपले सड़ीगलेकोले सनाखत गर्न सकिने अवस्था नरहेको प्रहरी नायव उपरीक्षक राम कुमार दानीले बताएका छन । हत्या गरेर सुनसान रहने घरमा फालिएको हुन सकने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
घटना स्थलवाट पहिचान खुलने कुनै कागजात फेला परेको छैन । काटिएको एउटा खुट्टाको हाड़ र एउटा हाथको हाड़ देखाई परिरहेको हुदा खुटा पहिला काटिएको हुन सकने आशंका प्रहरीको रहेको छ ।
प्रहरीका अनुसार धेरै दिन भइसकेकोले कुकुरले पनि मासु निछोलेर खाएको हुन सक्ने सम्भावना रहेको छ । गायब रहेको खुट्टाको शेष भाग घटना स्थलमा फेला परेको छैन ।