Logo
११ पुस २०८१, बिहीबार
(November 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपक्षीहरुको मानसिक सन्तुलन विग्रन थाल्यो : प्रचण्ड

चितवन :  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले विपक्षीहरुको मानसिक सन्तुलन विग्रन लागेको टिप्पणी गरेका छन् ।  बिहीबार चितवन भरतपुरको वडानम्बर १५ फुलवारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै बाम गठबन्धनबाट सो क्षेत्रको साझा उम्मेदवार समेत रहेका प्रचण्डले एउटै कम्युनिष्ट केन्द्र बनाउने संकल्पसहित जनताको विचमा आउँदा विपक्षीहरुले अनाबाश्यक आशंका गर्दै विभिन्न आरोप लगाउने गरेकाले उनिहरुको मानसिक सन्तुलन विग्रेको हो कि भनेर बुझ्नुपर्ने भएको बताए ।

उनले विसं २०१९ सालयता विभाजित हुदै आएका कम्युनिष्टहरु अहिले आएर साझा घोषणापत्र र साझा उम्मेदवार लिएर जनताको विचमा आउनु एउटा ऐतिहासिक परिघटना भएको अवस्थामा विपक्षीहरुले अनावाश्यक आशंका गरेर आफैलाई रुढीबादी कित्तामा उभ्याएको बताए । ‘विपक्षीहरुको मानसिक सन्तुलन विग्रेको जस्तो देखिन्छ । उनिहरु दुई चिज भन्दैछन् एउटा कम्युनिष्टहरु मिल्दैमिल्दैनन भन्छन् भने अर्को कम्युनिष्ट मिले बर्बादै हुन्छ ।’
अध्यक्ष प्रचण्डले एउटै कम्युनिष्ट केन्द्र नबनेकै कारण ७० बर्षदेखि कहिल्यै ५ बर्ष चल्ने स्थिर सरकार मुलुकले नपाएको बताए ।

भने ‘अव बाम गठबन्धनले जितेपछि स्थिर सरकार मुलुकले पाउदैछ । मनमोहन अधिकारीले सुरु गरेका बृद्धभत्ता होस् वा केपी ओली नेतृत्वको सरकारले गरेका राष्ट्रियताका काम हुन् अथवा मेरो नेतृत्वको सरकारले लोडसेडिङ अन्त्य गर्नेदेखि साढे सात प्रतिशत आर्थिक बृद्धिदर बढाउने काम किन नहुन् ? यी काम मुलुकका लागि नयाँ रेकर्ड हुन् ।’
कम्युनिष्टहरुले बहुमत ल्याएर सरकार बने अवको ५ बर्षमा गर्ने कामले ५० वर्ष कम्युनिष्टले सरकार चलाउने अधिकार प्राप्त गर्ने प्रचण्डले बताए । ‘सुरुमा बामपन्थी मिल्दैनन् भन्ने भ्रम फैलाउन खोजियो तर हामी मिलेरै गयौ, जान्छौ ।

तपाईहरु पनि आशंका नगर्नुस् आशंका गर्नेहरु केवल रुढीबादी मात्र हुनेछन् ।’ केपी ओली र आफुले पार्टी एकीकरण गर्ने संकल्प गरिसकेको र जनतालाई भनिसकेको भन्दै उनले आफ्ना विरोधीहरु विक्षिप्त मात्र नभई झण्डै मानसिक सन्तुलन नै गुमेको जस्तो गरी बोल्न थालेर तल्लो स्तरमा झरेको बताए । कम्युनिष्ट एकीकरणप्रति नआत्तिन कांग्रेसलाई सुझाव दिदै पार्टीहरु मिले खुसी हुनुपर्नेमा गाली गर्दै हिड्नु कस्तो संस्कार हो भनेर प्रचण्डले प्रश्न पनि गरे ।
आफुले विजय गच्छदार र कांग्रेस मिल्दा दुवैलाई बधाइ दिएको स्मरण गर्दै प्रचण्डले  कांग्रेसले अहिले हलो पनि मिलाएपछि कता जान लागेको भन्ने डर आफुलाई मात्र नभइ कांग्रेसका नेता कार्यकर्तालाई पनि लागेको बताए ।

‘हलो बोकेर हिडँदा कुन बाटो जान लागेको हो भन्ने भएको छ । कांग्रेस मात्र मिलाउनुस्’ कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिए ।

आफुले प्रधानमन्त्री पदबाट राजिनामा दिँदा शेरबहादुर देउवाले आफुलाई राजनेता भनेर घोषणा गरेको स्मरण गर्दै प्रचण्डले आफु पनि देउवालाई राजनेता घोषणा गर्न आतुर भएपनि देउवाले हलो तेस्र्याएपछि उनको चरित्र राजनेता घोषणा गर्न लायक नभएको आफुलाई महशुस भएको टिप्पणी गरे ।

प्रकाशित मिति: Nov 30, 2017

प्रतिक्रिया दिनुहोस्