Logo
१७ कार्तिक २०८१, शनिबार
(November 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“वामले विजय प्राप्त गरे जनताको बोल्ने, लेख्ने र सम्पत्तिको अधिकार अपहरण हुने”

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन लागेको आरोप लगाएका छन् ।

वाम गठबन्धनले विजय प्राप्त गरे जनताको बोल्ने, लेख्ने र सम्पत्तिको अधिकार अपहरण हुने बताउँदै उनले वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको जिकिर गरे ।

नवलपरासीको पहाडी क्षेत्रको बुलिङटारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘जनतासँग शासन बदल्ने की राख्ने भन्ने अधिकार छ, हामी जनतादेखि नेता डराउने शासनको पक्षमा छौँ ।’

‘यो चुनाव कम्युनिष्ट दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने जनमत संग्रह हो’ वाम गठबन्धनको आलोचना गर्दै उनले भन्नुभयो, ‘यो संविधानले आदिवासी, जनजाति, मधेशी सबैलाई ठाउँ दिएको छ तर कम्युनिष्टले संविधान खारेज गरेर तानशाही लाद्न खोजेका छन् ।’

वाम गठबन्धन दिएको समृद्धिको नारा फोस्रो भएको आरोप लगाउँदै प्रधानमन्त्री देउवाले भने, ‘कम्युनिष्टले कहाँबाट समृद्धि ल्याउँछन्, उनीहरु आए स्वदेशी-विदेशी कुनै पनि लगानी नेपालमा थपिदैन, विदेशी त आउँदैनन्, आउँदैनन्, स्वदेशी लगानी पनि बाहिर जान्छ ।’

प्रकाशित मिति: Nov 29, 2017

प्रतिक्रिया दिनुहोस्