Logo
३ आश्विन २०८१, बिहीबार
(November 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको उट्फट्याङले मुलुक झण्डै बिखण्डन भएको : रामचन्द्र पौडेल

वालिङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वमा कम्युनिजमले समस्या सृजना गरे तर समाधान दिन नसकेकाले कम्युनिजम लोप हुन लागेको बताएका छन् । उनले एमाले अध्यक्ष ओलीको उट्फट्याङले मुलुक झण्डै बिखण्डन भएको भन्दै पौडेलले भने–‘केपी ओली न माक्र्सवादी हो न राष्ट्रवादी हो, ओली उट्फट्याङवादी हो ।’

स्याङजाको वालिङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपालमा पनि कम्युनिष्टहरुले समस्या मात्र सृजना गरेको बताउदै मुलुकलाई निकास दिन मुलुकलाई समाधान गर्नका लागि लोकतन्त्रवादी र कांग्रेस आवश्यक भएको बताए । बरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी ओली राष्ट्रवादी र माक्र्सवादी दुवै नभई उट्फट्याङवादी भएको टिप्पणी गरे ।

 

प्रकाशित मिति: Nov 29, 2017

प्रतिक्रिया दिनुहोस्