बिशेष अदालतले माग्यो चुडामणिसँग १ करोड धरौटी
काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका पूर्वप्रमुख चुडामणि शर्मासँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।
विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठले इजलासले भरखर सो रकम धरौटी माग गरेको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्बौ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाई केही महीना अघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
शर्मा मङ्गलवार नै विशेष अदालतमा हाजिर हुन गएका थिए । रजिष्ट्रार श्रेष्ठले मङ्गलवार नै उनको बयान भई थुनछेकको आदेश भएको बताए । आदेशमा मागिएको धरौटी रकम दिए तारेखमा छाड्न र नदिए थुनामा पठाउन भनिएको छ ।