Logo
१८ पुस २०८१, बिहीबार
(November 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दूतावासदेखि पार्टीसम्मको रणनीति : निधी र महतोमध्ये एक जना पछि हट्ने

राज मेहता, काठमाडौं : उम्मेदवारी दिनु अघि नै तालमेलको प्रयास गरिएपनि यतिबेला आएर पहिलो चरणको चुनाव सकिएलगत्तै दोस्रो चरणको चुनावका लागि कुटनैतिक र राजनीति गरी चौतर्फी तवरबाट नयाँ रणनीति बन्न लागेको खुलासा भएको छ ।

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले प्रदेश नम्बर २ मा नयाँ रणनीतिसहित अघि बढ्ने छलफल सुरु गरेका छन् उच्च तहका उम्मेदवारका कारण नै चुनावी तालमेलमा सकस भइरहेका बेला धनुषामा नयाँ रणनीति बनाएर जानेमा छलफल सुरु भएको बताइएको छ ।

धनुषा क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका कांग्रेसका शिर्ष मध्ये एक मानिने नेता विमलेन्द्र निधी र राजपाका पनि शिर्ष मध्ये एक तथा अध्यक्ष मंडलका सदस्य राजेन्द्र महतो प्रतिस्पर्धामा छन् । दुई मध्ये एकजना पछि हट्ने र एकले अर्कोलाई सकर्थन गर्ने विषयमा कांग्रेस र राजपा-फोरम गठबन्धन भित्र छलफल सुरु भएको छ ।

दोस्रो चरणको चुनावमा तालमेल गर्ने रणनीति बनाइरहेको टोलीले पार्टीभित्र त्यो प्रस्ताव ल्याएको हो । महतो र निधी मध्ये एक जनालाई राष्ट्रिय सभामा लैजाने गरि छलफल सुरु भएको छ । तर, तत्काल पछि हट्न दुइटैले मानेका छैनन ।

नागरिक टाइम्ससंगको कुराकानीमा राजपा संयोजक महन्थ ठाकुरले यस्तो छलफल सुरु भएको स्वीकार गरे । “अब २ जना मध्ये कोइ एक जना हार्ने नै हो, हामिले त निधीजीलाई राज्यसभामा लैजाने गरि महतोजीलाई समर्थन गर्न प्रस्ताव गरेकाछौं” ठाकुरले भने “काङ्ग्रेसबाट ठोस जवाफ् आएको छैन” । महतो र निधी दुवैजनाको आवश्यकता संसद भवनमा छ त्यसैले निरबिकल्प उपाय नै तालमेल हो अन्यथा हामी त कुनैपनी हालतमा महतोजीलाई जिताउने नै हो ठाकुरले भने “अब बल काङ्ग्रेसकै कोटमा छ” ।

संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस तयार भए अझैपनि तालमेल गर्न सकिने बताए ।नगरिक टाइम्ससँग कुराकानी गर्दै उनले केही विषयमा राजपा र केही विषयमा कांग्रेस पछि हटेयो भने तालमेल हुनसक्ने बताए । राजपा र कांग्रेसबिच चुनावी तालमेल गरेर उक्त क्षेत्रबाट मात्र होइन देशभरि बाट नै साझा उम्मेदवार बनाउने विषयमा लामो बहस भए पनि निधी र महतोले अडान नछोडेपछि दुवै शीर्ष नेता उम्मेदवार बनेका थिए ।

निधीले भने महतोले अडान नछाडेका कारण तालमेल हुन नसकेको र आफुलाई महतोले छड्न तयार भए अरु विषयमा कांग्रेस सम्झौता गर्न तयार रहेको बताए ।
सोमबार अस्पतालबाट डिस्चार्ज हुदै केहि संचारकर्मी संगको कुराकानीमा निधीले आफु प्रतिनिधीसभाबाटै आउन चाहेको पनि बताए ।

उता महतोले भने निधी जीको यो पुरानै कुरा हो यसमा केहि नया छैन, बरु उहाले मलाई सपोर्ट गर्नुपर्छ र उहाँ राज्यसभामा जानुपर्छ । नागरिक टाइम्ससंगको कुराकानीमा महतोले भने “अहिलेको क्षेत्र अवस्थाले नै पुष्टि गरेको छ को-कति पानीमा छ्न” उनले भने “तालमेल गरे राम्रो अन्यथा उहाँसंग मेरो कुनै प्रतिस्पर्धा छैन ।”

दुई नेताको जुँगाको लडाईले धार्मिक, ऐतिहासिक र पौराणिक महत्व बोकेको जनकपुरधाम अहिले राजनीतिकले तातेको छ । जनकपुर उपमहानगरपालिकाको २५ वटा वडामध्ये १५ वटा वडा सोही क्षेत्रमा रहेका छन् । ती वडामध्ये अधिकाँशमा राजपा नेपाल नै जितेका छन् । १५ वडामध्ये नौवटा वडा राजपा नेपालले जितेका छन् भने काँग्रेसले चार र एमालेले दुईवटा वडा जितेका छन् ।

दूतावास पनि सकृय :
उता दिल्लीकै चासोमा भारतीय दूतावासपनि राजपा र काङ्ग्रेसबीच गठबंधन गराउन सकृय भएको बुझिएको छ । बिना दिल्लीको इच्छा बेगर यसपालि कुनैपनी राजनीति गतिविधि न गर्न दूतावासमा उर्दि छ तर दिल्लीले नै जनकपुर ३ बारे चासो लिएपछी दूतावास सकृय भएको श्रोतको दावी छ ।

प्रकाशित मिति: Nov 28, 2017

प्रतिक्रिया दिनुहोस्