Logo
११ पुस २०८१, बिहीबार
(November 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठेकेदार तामाङको हत्या अभियोग लागेका डन चक्रे मिलनलाई सफाई

काठमाडौं । बालुवा ठेकेदार पहलमान तामाङलाई हत्या गरेको आरोप लागेका डन मिलन गुरुङ (चक्रे मिलन)लाई सर्वोच्च अदालतले सफाई दिएको छ ।

न्यायाधीशहरु मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले डन चक्रे मिलनलाई सोमवार सफाई दिएको सर्वोच्च अदालतबाट थाहा भएको छ । वालुवा ठेकेदार तामाङलाई २०७३ सालमा हत्या गरेको आरोप लागेपछि डन चक्रेलगायतलाई जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो ।

सो अदालतले वादी दावी नपुग्ने उल्लेख गर्दै डन चक्रेलाई सफाई दिएको थियो । सरकारले सो फैसलाविरुद्ध तत्कालीन पुनरावेदन अदालतमा पुनरावेदन गरेकोमा सो अदालतले समेत सफाई दिएको थियो ।

त्यसपछि सरकार सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले समेत डन चक्रेलाई सफाई दिएको हो । डन चक्रेले शुरुदेखि नै इन्कारी वयान दिएका थिए ।

प्रकाशित मिति: Nov 27, 2017

प्रतिक्रिया दिनुहोस्