नेपालको लोकतन्त्र वामका कारण खतरामा पर्यो: देउवा
झापा : प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले निरङ्कुशता ढालेर लोकतन्त्र ल्याए पनि फेरि नेपालमा एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको र अहिलेको चुनाव एकदलीय कम्युनिष्ट शासन र बहुदलीय प्रजातन्त्र मान्नेबीचको चुनावसमेत भएको बताउँदै विचार पुर्याएर मतदान गर्न आग्रह समेत गरे ।
झापा क्षेत्र नं ५ स्थित गौरादहमा आज आयोजित काँग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै उनले धेरै संघर्ष गरेर ल्याइएको लोकतन्त्रमा एकदलीय कम्युनिष्ट शासन लाद्न खोजिएको बताएका हुन् ।