Logo
३ आश्विन २०८१, बिहीबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेलिकमको आग्रह : ०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्

काठमाडौं : नेपाल टेलिकमले समान्यतया दैनिक प्रयोगमा रहेका नम्बरहरु बाहेक अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो ।

पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ ।  यसबारेमा  टेलिकमकी प्रवक्ता प्रतिभा वैक्षले त्यस्ता नम्बरबाट चिठ्ठा परेको भन्दै फ्रड कल आउने क्रम बढेपछि ग्राहकलाई सचेत गराइएको बताइन् ।

उनले यस्ता फोनहरु कुन रुटबाट आइरेका छन् भन्ने अनुसनधान भइरहेको र पटक-पटक एउटै नम्बर प्रयोग गरेर ठगी गर्ने नम्बरलाई ब्लक गर्ने काम पनि सुरु भएको बताइन् । विभिन्न आपराधिक गिरोहले फोनमा चिठ्ठा परेको भन्दै कल गर्ने क्रम बढेको छ । उनीहरुले बैंक्मा पैसा पठाउन लगाउने र ठग्ने गरेको टेलिकमले बताएको छ ।

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्