Logo
१० मंसिर २०८१, सोमबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म जितेपछि न्यूमोनियाका लागि अब काठमाण्डौं जानु पर्दैन : महतो

जनकपुर : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेता एवं धनुषा क्षेत्र नम्बर ३ का प्रतिनीधिसभा उम्मेद्वार राजेन्द्र महतोले आफूले जिते जनकपुरको स्वास्थ्य क्षेत्रमा ठुलो सुधार गरीने बताएकाछन् ।

धनुषाका स्वास्थ्यकर्मीहरूको भेलालाई सम्बोधन गर्दै महतोले जनकपुरका अस्पतालहरूको दुर्गती र स्वास्थ्य क्षेत्रको अवस्था निकै दयनीय अवस्थामा रहेकोले त्यसको सुधारमा आफू जुट्ने बताए । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका महतोले आफ्नो कार्यकालमा ५ सय बेडको अस्पताल र ५० करोडको उपकरणको लागि स्वीकृति गराएपनि त्यसको सही उपयोग अहिलेसम्म नभएको गुनासो समेत गरे ।

महतोले जनकपुरको अस्पतालको स्तरोन्नति गरि आधुनिक सुविधायुक्त हस्पीटल बनाउने आफ्नो संकल्प रहेको बताए । महतोले प्रतिनिधिसभा निर्वाचनमा आफ्ना प्रतिस्पर्धि कांंग्रेसका विमलेन्द्र निधिप्रति कटाक्ष गर्दै भने -‘जनकपुरको स्वास्थ अवस्थालाई यसरी सुधार गरिने छ कि कुनै पनि भिआईपीलाई निमोनिया जस्तो साधारण रोग को उपचार गर्न काठमांडौ जाने बाध्यता रहनेछैन ।’

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्