Logo
३ आश्विन २०८१, बिहीबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनका कारण सेयर बजारमा उत्साह : चूप बस्ने पनि खरिदारीमा !

काठमाण्डौ : प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनलाई सेयर बजारले न्यानो स्वागत गरेको छ । निर्वाचनपछि स्थायी सरकार बन्ने र आर्थिक समृद्धिको युुगको थालनी हुने आशामा लगानीकर्ताहरुले उत्साहका साथ खरिदारी बढाउँदा सेयर बजार परिसूचक (नेप्से) २१.०५ अंकले बढी १५१४.३४ अंकको उचाईमा फर्किएको छ ।

पहिलो चरणको निर्वाचन अन्तरगत आइतबार पहाडी तथा हिमाली क्षेत्रका ३२ जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ । निर्वाचनपछि सेयर बजार बुम हुने कतिपय विश्लेषकको घोषणाले समेत आइतबारको कारोबारमा प्रभाव परेको देखिन्छ । धेरै लगानीकर्ताले अहिलेको समयलाई सेयर खरीदको उपयुक्त समय मानेर बजारमा खरिदको चाप समेत बढाएका छन् । पहिलो चरणको निर्वाचन अन्तरगत आइतबार पहाडी तथा हिमाली क्षेत्रका ३२ जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ ।

निर्वाचनपछि सेयर बजार बुम हुने कतिपय विश्लेषकको घोषणाले समेत आइतबारको कारोबारमा प्रभाव परेको देखिन्छ । यो दिन ‘पर्ख र हेर’को अवस्थामा रहेका कतिपय ठूला लगानीकर्ताले समेत सेयर खरीद गरेका पाइएको छ ।  यो दिन ट्रेडिङ बाहेकका सबै समूहको सूचक हराभरा भए । वाणिज्य बैंक, जलविद्युत, माइक्रोफाइनान्स र बैकिङ समूहमा उछाल आयो ।

बैकिङ समूह १८.७ अंकले बढ्यो भने माइक्रोफाइनान्स र विकास बैंक समूह क्रमशः २८.५२ र १८.९७ अंकले बढे । यस्तै, बिमा समूह ८२.१२ अंक, जलविद्युत समूह ६८.५ अंक, बित्त समूह २.७६, उत्पादनमूलक ८.१८, अन्य समूह १३.५९ अंक र होटल समूह १.४५ अंकले बढे ।  ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा लगानीकर्ताको आकर्षण बढ्दा सेन्सेटिभ इण्डेक्स ४.७२ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.५८ अंकको बढोत्तरी देखियो ।

साताको पहिलो कारोबार दिन आइतबार बजारमा १ सय ५५ कम्पनीका १० लाख ७४ हजार १ सय ९६ कित्ता सेयर ५९ करोड ४ लाख ४४ हजार ९ सय ११ रुपैयाँमा खरीदबिक्री भयो । यो दिन सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ करोड ८६ लाख बढीको कारोबार गर्यो । नेपाल बैंकले ५ करोड ५९ लाख, चिलिमे हाइड्रोपावर कम्पनीले ४ करोड १२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ४९ लाख, एभरेष्ट बैंकले २ करोड ३८ लाख, बुटवल पावर कम्पनीले २ करोड २२ लाख, नागरिक लगानीकोषले १ करोड ६५ लाख बढीको कारोबार गरे । लक्ष्मी बैंकले १ करोड २६ लाख, नेपाल टेलिकमले १ करोड २१ लाख नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड १५ लाख बढीको कारोबार गर्यो ।

यो दिन नयाँ नेपाल लघुवित्त विकास बैंकले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर मूल्य ७ प्रतिशत र लक्ष्मी लघुवित्त बित्तीय संस्थाको मूल्य ६ प्रतिशतले वृद्धि भयो । यो दिन विशाल बजार कम्पनीका सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्