Logo
१७ कार्तिक २०८१, शनिबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मध्याह्न सम्ममा ३५ प्रतिशत मत खस्यो

३२ जिल्लामा पहिलो चरणअन्तर्गत प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि जारी मतदानमा मध्याह्न १२ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ।

अधिकांश ठाउँमा बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो। हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान सुरु भए पनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रुपमा मतदान जारी रहेको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रले जनाएको छ।

साँझ ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउनेछन्। प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा मतदान जारी छ।

पहिलो चरणमा आज प्रदेश नम्बर १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी छ।

पहिलो चरणको यस निर्वाचनमा कुल ३१ लाख ९१ हजार ९४५ मतदाता छन्।

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्