Logo
११ पुस २०८१, बिहीबार
(November 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशका “दलाल”हरुलाई भाेट नदिन पुर्व-मन्त्री शाहकाे अाग्रह

कृष्णनगर :  पुर्व-मन्त्री इकबाल अहमद शाहले कांग्रेस ,एमालेमा गएका मधेशी नेताहरुलाई भाेट नदिन अाग्रह गरेका छन ।

शनिबार कृष्णनगरमा राजपाकाे मञ्चलाई सम्बाेधन गर्दै पुर्वमन्त्री शाहले यस्तो आरोप लगाएका हुन । आयोजित राजपाकाे चुनावी मञ्चमा कपिलबस्तु क्षेत्र न: ३ का प्रत्यासी नरसिहं चाैधरी , रजिदत्त मिश्र , बडकु चाैधरीकाे संयुक्त मञ्चलाई सम्बाेधन गर्ने क्रममा पुर्व-मन्त्री शाहले भने – “मधेश अान्दाेलनमा तस्कारी गराउने नेताहरुले अाज राष्ट्रबादीका कुरा गरेर भाेटमाग्दै छन, ती दलाल नेताहरुलाई भाेट दिनु हुन्न ।

मधेसी जनतालाई छ महिनासम्म नाकाबन्दीेपछि अाफ्नाे स्वार्थले एमाले, कांग्रेसकाे पछाडि लागेकाले अब मधेशका हितमा लड्ने एकमात्र पार्टी राजपा रहेकाे पुर्वमन्त्री शाहकाे ठहर छ । त्यसैले अब राजपाकाे छाता निसानमा भाेट दिएर एमाले र कांग्रेस मुक्त मधेश बनाउन मञ्चबाटै अाग्रह गरे ।

कार्यक्रममा कपिलबस्तु प्रदेश सभा ३ (क) र (ख) का रामप्रकाश चाैधरी तथा रविदत्त मिश्रले पनि मधेश हितकाे एकमात्र पार्टी राजपालाई मात्र मतदान गरि अाफ्नाे स्वभिमान जाेगाउन सबै लाग्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति: Nov 25, 2017

प्रतिक्रिया दिनुहोस्