छिटपुट घटनालाई लिएर सुरक्षाबारे अफवाह फैलाउने काम भएको छ : यादव
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गरेकोले ढुक्क भएर मतदानगर्न मतदाताहरुलाई अपिल गरेका छन् ।
उनले भने,‘केही ठाउँमा भएका छिटपुट घटनालाई लिएर सुरक्षाबारे अफवाह फैलाउने काम भएको छ, तर सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ, ढुक्क भएर मतदान गर्नको लागि निर्वाचन आयोग यही मञ्चबाट अपिल गर्न चाहन्छ ।’ उनले आयोगले निर्वाचन सुरक्षाबारे सुरक्षा निकायका प्रमुख र सम्बन्धित अधिकारीहरुसँग निरन्तर छलफल गरिरहेको समेत जानकारी दिए ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षाको सम्पूर्ण व्यवस्था अत्यन्तै चुस्त बनाइएकोले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरेका हुन् । उनले भने,‘फाट्टफुट्ट भएका घट्नालाई अतिरञ्जितबनाउने काम भैरहेको छ, ढुक्क हुनुहोस सुरक्षाको पूर्ण प्रत्याभुति छ, अझै कुनै चासो भए यहाँहरुले सुरक्षा कार्ययोजनाबारे गृह मन्त्रालयसँग जानकारी लिन सक्नुहुन्छ।’
उनले मौन अवधि सुरु भएकोले सुरक्षाको पूर्ण प्रत्याभुतिको लागि विशेष किसिमको सुरक्षा व्यवस्था गरिएको दोहोऱ्याए । उनले थपे,‘अब डर र त्रासको अवस्था छैन ।’ यादवले सरकारले निर्वाचनआचारसंहिता पूर्ण रुपमापालना गरेको समेत स्पष्ट पारे ।
उनले सरकारले आचारसंहिताको पालना गरेको बताउँदै भने,‘सरकारले जे जस्तो कामगरिरहेको छ, उहाँहरुले हाम्रो सहमतिमै गर्नुभएको छ, आचारसंहितापालनामापालनाको माताकमवा बढी त भैहाल्छ नि । तर आचारसंहिता नै पालनाभएनभन्नु गलत हुन्छ।’ यादवले मौन अवधिमाआचारसंहिताको पूर्ण पालनागर्न उम्मेद्धवार तथादलका नेता र कार्यकर्ताहरुलाई आग्रह गरे ।