Logo
१७ कार्तिक २०८१, शनिबार
(November 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तोडियो परम्परा : महिलाको काँधमा शव (फोटो फिचर)

  • प्रताप विष्ट,

तनहुँ : नेपाली समाजमा मृतक शवलाई पुरुषले मात्र बोक्ने चलन छ । तर यो चलनलाई तनहुँ दमौलीका महिलाहरुले तोडेका छन् ।

व्यास-७ चापघाटस्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा आश्रय लिदै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शुक्रबार बिहान निधन भएपछि उनको शव महिलाले नै काँधमा बोकेर अन्तिम संसार गराएका छन् ।

उनको शवलाई वेदव्यास आश्रमका महिलाहरुले काँधमा बोकर सेतीमादी घाटसम्म पुर्‍याएर अन्तिम दहासंस्कार समेत गरेका छन् ।

उक्त आश्रम ३ सय २० जना महिलाहरुले सञ्चालन गर्दै आइरहेका छन् ।

महिलाहरको यो कदमपछि नेपाली समाजमा रहेको बिभिन्न खालका परम्पराहरु तोडिएका छन् भने नयाँ सोचको सुरुवाती पनि भएको छ ।

प्रकाशित मिति: Nov 24, 2017

प्रतिक्रिया दिनुहोस्