Logo
१९ पुस २०८१, शुक्रबार
(November 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनको मौन अवधि जारी रहदाँ कांग्रेस कायकर्तामाथि आक्रमण

धादिङ : आसन्न प्रदेशसभा र प्रतिनिसिभा निर्वाचनको मौन अवधि जारी रहदाँ धादिङमा हिंसात्मक घटना सुरु भएका छन् । नेपाली कांङग्रेस धुवाँकोट गाउँ समितिका संयोजक सन्तोष बस्ताकोटीमाथि शुक्रबार बिहान आक्रमण भएको छ । कांग्रेसका धुवाँकोटको निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका बस्ताकोटीलाई शुक्रबार बिहान पौने ६ बजे घरमै आक्रमण भएको उनका परिवारले जानकारी दिएका छन् ।

नीलकण्ठ नगरपालिका-१४ धुवाँकोटटार निवासी २६ वर्षीय बस्ताकोटीलाई ९ जनाको समूहमा अहाएका व्यक्तिले खुकुरी, रड लगायतका हतियारबाट आक्रमण गरेको परिवार जनले बताएका छन् । आक्रमणबाट बस्ताकोटीको टाउकोको दाँया भाग र दुवै खुट्टामा गहिरो चोट लागेको छ । उपचारका लागि उनलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उनको वीर अस्पतालको ट्रमा सेन्टर उपचार भइरहेको नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रमेश धमलाले बताए ।

कांग्रेस धादिङले धुवाकोटका एमाले नेताहरुको निर्देशनमा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाएको छ । निर्वाचन नजिकिदै जाँदा मतदातालाई त्रसित बनाउने उद्देश्यले आक्रमण भएकाल भन्दै संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

घटनास्थल नजिकै घर भएका नेकपा एमालेका प्रदेशसभाका उम्मेदवार डाक्टर रामकुमार अधिकारीले भने आफ्ना कार्यकर्ताले आक्रमण गरेको नभई व्यक्तिगत कारणले झगडा भएको बताए । आक्रमणको खबर पाउने वित्तिकै घटनास्थलतर्फ प्रहरी पठाइएको भएपनि घटनाबारे विस्तृत विवरण नआइसकेको जिल्ला प्रहरी प्रमुख ध्रुवकुमार राउतले जानकारी दिए ।

प्रकाशित मिति: Nov 24, 2017

प्रतिक्रिया दिनुहोस्