Logo
११ पुस २०८१, बिहीबार
(November 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय लोकतान्त्रिक ब्यवस्था उल्टाउनु वाम गठबन्धनको मूल उद्देश्य – पौडेल

लमजुङ : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धन संसदीय प्रणालीलाई उल्टाउनका लागि भएको बताएका छन् । नेता पौडेलले संसदीय लोकतान्त्रिक प्रणाली लागु गर्न कांग्रेसको जित आवश्यक रहेको बताए । उनले लमजुङ प्राकृतिक रुपमा सुन्दर भूमी भएकाले यस क्षेत्रको प्रयोग गरी यहाँ भएका खोलानालाबाट विजुली उत्पादन गरी जनतालाई शेयर दिलाउने र कृषि क्षेत्रमा क्रान्ति गर्नका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको उल्लेख गरे ।

कांग्रेसले विहिबार मध्यनेपाल नगरपालिका वडा नं २ सोतीपसलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक प्रणालीलाई लागू गरी मुलुकमा आर्थिक विकास गर्नका लागि काँग्रेसको जित आवश्यक भएको बताएका हुन् । उनले भने, ‘संविधान निर्माणसँगै काँग्रेसको सिद्धान्तको विजय भएको छ, अब विपन्न र निमुखा परिवारलाई आयआर्जन गर्ने बाटो काँग्रेसले गर्छ ।’

‘सबै जनता धनी हुने अर्थतन्त्र काँग्रेसले चाहेको छ ।’ उनले भने । नेता पौडेलले मुलुकका हरेक परिवर्तन नेतृत्व कांग्रेसले गरेको भन्दै अब सम्बृद्ध राष्ट्र निर्माणको नेतृत्वपनि काँग्रेसले गर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले लमजुङको विकास काँग्रेसले गरेको भन्दै काँग्रेसलाई विजयी गराउन आग्रह गरे । उनले दश वर्षे द्धन्द्धकालमा कम्युनिटले गरेको व्यवहार हेरेर मतदान गर्न जनतालाई आग्रह गरे ।

कांग्रेस लमजुङ प्रदेश (ख) का उम्मेद्वार कृष्णप्रसाद कोइरालाले जिल्लाको समग्र विकास र लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई विजयी गराउनुपर्ने धारणा राखे । ‘निर्वाचन अन्तरपार्टीको प्रतिस्पर्धा मात्र नभएर लोकतन्त्रवादी र साम्यवादी विचको लडाईँ हो’ उनले भने ।

प्रकाशित मिति: Nov 23, 2017

प्रतिक्रिया दिनुहोस्