Logo
१० मंसिर २०८१, सोमबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुस लिँदालिँदै केशव स्थापित अख्तियारको फन्दामा

काठमाडौं : करदाता सेवा कार्यालय पुतलीसडकका नायब सुब्बा केशव स्थापित घर्तीमगर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थापितलाई रंगेहात पक्राउ गरेको हो ।

स्थापितले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

सेवाग्राहीको स्थायी लेखा नम्बर प्यान दर्ता खारेजी गर्नुपर्नेमा नियमानुसार नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप सहित उनी विरुद्ध अख्तियारमा मुद्दा परेपछि अख्तियारको टोली त्यहाँ पुग्दा उनले ६ हजार रुपैयाँ घुस लिएको भेटिएपछि उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्