प्रचण्डको काखमा नातिनातिना : शोकाकुल प्रचण्ड परिवार एक साथ पुगे चितवन
चितवन । पुत्र वियोगको दुःखद पीडामा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारको मगलवार सार्वजनिक भएको एउटा तस्विरले एक पटक फेरी सबैको मनलाई दुखित बनाएको छ । पुर्व प्रधानममन्त्री समेत रहेका दाहाल पत्नी सीता सहित शोकाकुल प्राय सबै परिवारसहित गृहजिल्ला चितवन पुगेका हुन् ।
प्रकाशको निधनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन आफ्नो निर्वाचन क्षेत्र चितवन जाने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारसहित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा देखिएका थिए । प्रचण्डसँगै पत्नी सीता, छोरीहरु रेणु, गंगा, बुहारी विना र प्रकाश पुत्र प्रलव पनि साथमै थिए ।
३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि पीडामा डुवेका प्रचण्ड र सीता दाहाल मंगलवार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा नाति-नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा देखिएका थिए । उनको परिवारलाई अफ सहज बनाउन सहजीकरणको भूमिका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाह गरिरहेका देखिन्थे । प्रचण्डकी कान्छी छोरी गंगाकी पुत्री र प्रकाश-विनाका पुत्रसंग रमाउदै प्रचण्ड देखिएका थिए । केहि समयपछि नेता रामबहादुर थापा ‘वादल’ र मात्रिका यादवलाइृपनि त्यहाँ देखिएको थियो ।