Logo
१७ कार्तिक २०८१, शनिबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावी सभा शोक सभामा बदलियो, प्रचण्ड सहभागी हुने तर सम्वोधन नगर्ने

काठमाडौं : प्रकाश दाहालको निधनको शोकमा माओवादी केन्द्रले आज देशभरका निर्वाचन क्षेत्रमा श्रद्धाञ्जली सभा गर्दैछ । पार्टीको केन्द्रीय सदस्य तथा अध्यक्ष प्रचण्डको छोरा प्रकाश दाहालको आइतबार निधन भएको शोकमा माओवादीले श्रद्धाञ्जली सभा गर्न लागेको हो ।

शक्ति प्रदर्शनसहित आमसभा गर्ने पूर्वतयारी गरिए पनि दाहालको निधनका कारण श्रद्धाञ्जली सभाको रुपमा परिणत गरिएको चितवनमा वाम गठबन्धन निर्वाचन परिचालन समिति उपसंयोजक देवी ज्ञवालीले जानकारी दिए । प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा मंगलबार वाम गठबन्धनको चुनाव सभा छ जुन प्रकाशलाई श्रद्धाञ्जली दिएपछि सुरु हुनेछ ।

सो सभामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड सहभागी भए पनि सम्वोधन भने गर्ने छैनन् । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी नेता रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्