पहिलो चरणमा हुने चुनावको सबै तयारी पूरा : निर्वाचन आयोग
काठमाडौं : आउदो मंसिर १० गते पहिलो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा ३२ जिल्ला निर्बाचन हुँदैछ ।
आयोगले सबै जिल्लाहरुमा निर्बाचनका सामाग्रीदेखि आवश्यक जनशक्ति परिचालनका सबै कामहरु सकिएको भन्दै यस्तो बताएको हो । मंसीर १० सँगै २१ गते हुने दोस्रो चरणको निर्बाचनको तयारी समेत लगभग अन्तिम चरणमा पुगेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
उनका अनुसार निर्बाचनको तयारी सकिएसँगै निर्बाचन अनुगमनकर्ताहरु पनि खटाइसकिएको छ । निर्बाचन आयोगले नेपाल सरकारका सचिव, सहसचिव स्तरका कर्मचारीहरुलाई अनुमगनकर्ताको रुपमा परिचालन गरिएको जनाएको छ ।