Logo
१८ पुस २०८१, बिहीबार
(November 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनको मुखमा मतदातालाई झुक्याउन नक्कली नोटको प्रयोग

बेनी : निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीमा नक्कली नोटको बिगबिगी बढेको छ । विभिन्न बैंक तथा वित्तीय संघसंस्था, सहकारी, किराना पसल तथा विद्यालयहरूमा पनि नक्कली नोट भेटिन थालेपछि सर्वसाधारण त्रासमा कारोबार गर्न बाध्य छन् । यसरी भेटिनेमा एकहजार रुपैयाँका नोट बढी छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला पाँच सय रुपैयाँको नोटको बिगबिगी थियो । दुईदिनअघि बेनीस्थित लोकदीप सहकारीमा पहिलोपटक हजार रुपैयाँ नक्कली नोट भेटिएको थियो । सोमबार मात्रै गरिमा विकास बैंक, प्रकाश मावि र एक किराना पसलमा एकै किसिमको हजार रुपैयाँको नक्कली नोट भेटिएको हो ।

बेनीस्थित गरिमा विकास बैंकका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले निर्वाचनकै समयमा यस्तो घटना दोहोरिने गरेको बताए । ‘वैशाखमा पाँच सय रुपैयाँको नोट बढी भेटिएको थियो । अहिले हजार रुपैयाँको बिगबिगी छ । हामी कहाँ नोट पहिचान मेसिन भएकाले समस्या हुँदैन’, उनले भने ।

उनका अनुसार नक्कली नोटको पहिचान सामान्य साक्षर व्यक्ति गर्न सक्दैन्। ‘नोटलाई राम्ररी हेर्न हो भने नक्कलीमा लालीगुरासको तस्बिर, नेपाल राष्ट्र बैंकको छोटकरी रुप ‘एनआरबी’ देखिँदैन’, उनले भने, ‘कतिपय सन्दर्भमा नोट छामेर पनि पहिचान हुन्छ।’

प्रकाशित मिति: Nov 20, 2017

प्रतिक्रिया दिनुहोस्