Logo
३ आश्विन २०८१, बिहीबार
(November 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३ दिनदेखि हराइरहेको पन्डुब्बी अझै भेटिएन, ४४ व्यक्ति बेपता

तीन दिनदेखि हराइरहेको अर्जेन्टिनी पन्डुब्बी खोज्न सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोत परिचालन गरिएको त्यहाँका राष्ट्रपति मौरिसियो म्याक्रीले जनाएका छन् ।

सान जुआन नामक ४४ चालक दल रहेको पण्डुब्बी दिनदेखि सम्पर्कबाहिर रहेको जनाइएको छ ।  तीव्र हावा र अक्लो छालका कारण खोजी प्रभावित भएको जनाइएको छ ।

सो पन्डुब्बी भाल्डेज पेनिन्सुलाको दक्षिणपूर्वी क्षेत्रमा किनाराभन्दा ४३० किलोमिटर टाढाबाट सम्पर्कविहीन भएको थियो ।हाल खोजी दलमा नासाको एक विमान पनि जोडिएको छ ।

बेलायतसहित अन्य देशले पनि खोजीमा सघाउने बताएका छन् । एजेन्सी

प्रकाशित मिति: Nov 18, 2017

प्रतिक्रिया दिनुहोस्