Logo
११ पुस २०८१, बिहीबार
(November 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजिव र रामप्रसादको रोचक चुनावी अभियान : दक्षिणीभेगबारे दुवैको आ-आफनै दावी

  • टाेमराज मेहता,

सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा (ख) मा यत्तिबेला रोचक प्रतिस्पर्धा देखिउका छन् । नेपाली कांग्रेसका सुनसरी सभापति समेत रहेका राजिव कोइराला र अस्तीसम्म कांग्रेस तर हाल एमाले प्रवेश गर्दै बाम गठबन्धनको उम्मेदवार रहेका रामप्रसाद मेहताबीच रोचक प्रतिस्पर्धा देखिएका हुन् ।

तर यसमा अर्को रोचक विषय के छ भने दुवै जना इनरुवाका नै हुन् भने दुवैले दक्षिणी भोग आआफनै पक्षमा रहेको दावी गर्छन् । यसपालीको नयाँ चुनावी क्षेत्र अन्तरगत इनरुवा भन्दा दक्षिणीभेगका मतदाता भने निर्णयक मतदाता हुन् । चुनावी रौनकबीच राजीव र रामप्रसाद दुवै जना उम्मेदवारले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

घरदैलो कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश सभा ( ख) का उम्मेदवार कोइराला भेदभाव नगरि सबैको घर घरमा पुग्ने प्रयास जारी राखेका छन । सभापति कोइराला सदैव जनताको समस्याप्रति बढी चिन्तित रहने युवा नेता हुन । उनको जिल्लामा ठुलो जिम्मेवारीको बोझ भएपनि जनताका समस्याप्रति चनाखो राख्दै आएकाले कोइरालालाई जनतासङ्ग भोट माग्न सहज भएको हो ।

नेपाली राजनितीबाट समाजसेवा गर्ने मुख्य उद्देश्य रहेको, राजनीतिबाट आफुले आर्थिक सहयोग गर्न नसकेपनी आफ्नो पहुँच र क्षमताले भ्याएसम्म समाजमा सहयोग गरेको उदाहरणहरु धेरै रहेको कोइरालाको भनाई छ । सुनसरी सदरमुकाम इनरुवा र दक्षिण ग्रामीणवर्ती क्षेत्रका सर्वसाधारणहरुलाई जिल्ला प्रहरी कार्यालय , प्रशासन , मालपोत , अदालत , कृषि कार्यालय , सिचाई विभाग , जिल्ला विकास समिति , भुमिसुधार , शिक्षा कार्यालय , स्वास्थ्य कार्यालय र वन कार्यालय लगायतका विभिन्न कार्यालयबाट छिटो छरितो सेवा सुबिधा प्रदान गर्न तथा समस्यालाई समाधान गर्न आफू निस्वार्थ भावनाले दिनरात काम गरेको कुरा जनताले बिर्सन नसक्ने बताए ।

सुनसरी क्षेत्र नम्बर २ प्रदेश सभा ( ख) का जनता आफुप्रती सकारात्मक रहेको बताए । उनले भने – सेवा गरे मेवा मिल्छ । म आफ्नो राजनिती यात्रामा सबैलाई निस्वार्थ भावनाले सेवा गरेको छु त्यसले जनताबाट मेवा पाउने आश गरेको छु । सुनसरीमा पुरयाएको योगदानको कदर गर्दै मतदाताहरुले पनि महायज्ञलाई सफल बनाउन भुमिका खेल्नु पर्ने बताउदै कोइराला यस क्षेत्रका मतदाताहरु रुख छापमा मतदान गर्नु बाहेकको विकल्प पनि नरोजेका बताए ।

शहर भन्दा पनि ग्रामीण क्षेत्रमा विकासको आवश्यकत्ता छ । अहिले पनि बिजुली बिनाको अन्ध्यारो रात बिताउन बाध्य रहेका छन। एक दशक अगाडि नै ग्रामीण क्षेत्रको सिमावर्ती क्षेत्रसम्म कालो पत्रे सडक निर्माण हुन्थ्यो तर यता नभएर आफ्नो क्षेत्रमा पकड बनाउनका लागि प्रकाशपुर सडक खण्डमा कालोपत्रे गरियो । आज उहीँ नेताहरू ग्रामीण क्षेत्रका जनताहरु सङ्ग मत माग्न आउनु दुर्भाग्य भएको कोइरालाले बताए ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को विकास कसले गर्छ र को जनतालाई ठग्ने छन भन्ने कुरा जनताले आभास गरिसकेको छ , ग्रामीण क्षेत्रमा पनि प्रत्येक घरमा शिक्षित भैसकेकाले विकास गर्ने , योग्य दक्ष, अनुभव, राजनीतिमा पहुँच र पार्टी परिवर्तन नगरी मुद्दामा अडिग रहने उम्मेदवारलाई जनताले मतदान गर्ने कोइरालाले बताएका छन ।

मुस्लिम समुदायसँग सुझाव लिदै मत माग्दै रामप्रसाद
यता, वामगठबन्धनका उम्मेदवारहरुले सोमबार इनरुवा १० जल्पापुर र गौतमपुरमा आम भेला तथा घरदैलौ कार्यक्रम सम्पन्न गरेका छन । जल्पापुरमा रहेका ग्रामिण क्षेत्रका मतदाताहरुलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार भएका डमर सुवेदी हिमाल र रामप्रसाद मेहताले आमभेला बोलाएर मुस्लिम समुदायका समस्याहरुका बारेमा जानकारी लिदै सामाधानका लागि आफुहरुले गर्नु पर्ने कामका बारेमा सुझाव लिएका छन ।

वामगठबन्धनले तयार पारेको राष्ट्रिय तथा स्थानीय स्तरको घोषणपत्रका बारेमा जानकारी गराउदै आफुहरुले निर्वाचन जितेपछि मुस्लिम समुदायका आधारभुत समस्याहरुलाई पुरा गर्न प्रतिवद्ध रहेको बताएका थिए । कार्यक्रममा विभिन्न दलहरु परित्याग गरी एमालेमा प्रवेश गर्ने मधेशी, मुस्लिम समुदायहरुको लहर समेत दैनिक बढदै गएको एमालेका नेता खेमराज पोखरेलले बताए । सोमबार जल्पापुरमा नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा पूर्व वडाअध्यक्ष बौनाई राम, बच्चु अन्सारी, इत्तेहाम मियाँ, हासिम मियाँ, सुनिलकुमार गुप्ता, जुद्धीन मियाँ र हाजी मकमुल लगायत १ सय जनाले सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको उनले बताए ।

यसैगरी गौतमपुरमा आयोजित आमभेला कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी २ सय जना एमालेम प्रवेश गरेको एमालेले जनाएको छ । प्रवेश गर्नेहरुमा रामबृष मेहता, उमेश मेहता, सियाराम मेहता, सन्तोष मेहता, मनोजकुमार मेहता, विजय मेहता, श्यामदेव मेहता, अरुण मेहता ,महेन्द्र मेहता, रामजी मेहता, कारी मेहता, अर्जुन मेहता, रामचन्द्र मेहता, उपेन्द्र मेहता,, श्रवण मेहता, महाविर मेहता ठुलो, दुखा मेहता, रामदिहल मेहता, बह्मदेव मेहता, असर्फी मेहता, रञ्जीत मेहता, महाबीर मेहता सानो, जगतलाल मेहता, लक्ष्मण मेहता, जगननाथ मेहता, गनु मेहता, रमेश मेहता, कमलदेवी मेहता, सन्तोष मेहता, दिनेश मेहता, अर्जुन मेहता र श्यामदेव मेहता रहेको एमाले नेता पोष्टकुमार नेपालले बताए । जल्पापुरमा आयोजित आमभेलामा नेकपा एमालेका नेता खेमराज पोखरेल,पोष्टकुमार नेपाल, पर्शुराम यादव लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: Nov 17, 2017

प्रतिक्रिया दिनुहोस्