Logo
११ पुस २०८१, बिहीबार
(November 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पण्डितले भने -हेर्दैजानुस् ४५ सय मतले विजयी हुनेछु

मोरङ :  नेकपा एमालेका नेता तथा मोरङ् क्षेत्र नम्बर ६ का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका वाम गठबन्धनका उम्मेद्धवार लालबाबु पण्डितले आफू चार हजार ५ सय मतले विजयीहुने दाबी गरेका छन् । उनले आफू विराटनगरलाई महानगरपालिका र प्रदेशको राजधानी बनाउनुपर्छ भनेर विगतदेखि नै बोल्दै आएको उल्लेख गर्दै यहीविषयलाई लिएर चुनावीमैदानमाभएको दाबी गरे ।

बुधबार भएको कार्यक्रममा नेता पण्डितले यस्तो दाबी गरेका हुन् । उनले भने,‘म मैैदानमा आउनुभन्दा ९ महिना अघि नै भनेको छु कि म चुनाव जित्छु, किनकी कांग्रेसका उम्मेद्धवार शेखर कोइरालाले विराटनगरलाई महानगर हुन नदिन प्रपञ्च रचेको कुरा यहाँका जनतालाई राम्रोसँग थाहा छ, त्यतिमात्रै नभए विराटनगरलाई प्रदेशको राजधानी बनाउन नदिने षड्यन्त्र पनि उहाँले नै गर्नुभएको हो ।’

उनले मोरङ मनमहोन अधिकारी, मदन भण्डारी, भरतमोहनअधिकारी र लालबाबु पण्डितको कार्यथलो भएको बताउँदै यहाँकुनै कोइरालाको केही चल्ने वाला नभएको समेत जिकिर गरे । उनले थपे,‘म त अहिले जित्नको लागि मैदानमा छु, यो क्षेत्रकाजनताले मलाई रुचाउनुभएको छ, मलाई जिताउनको लागिउहाँहरु आँतुर हुनुहुन्छ ।’ उनले उक्त क्षेत्रमा शेखर कोइरालाको विपक्षमा जनमत रहेको समेत दाबी गरे ।

आफू कहिल्यैपनिमधेशको विरोधीनभएको उनको जिकिर थियो । उनले थपे,‘म त भन्छु मधेशी जनता कहिल्यै पनि देश र जनताका विरोधी थिएनन्, तर पनि मधेशलाई जसले टुक्रा बनाएर अलगबनाउन चाहेका थिए, हो म तीनीहरुको पक्षमा थिईंन, तर म मधेशको समृद्धिको पक्षमा जहिल्यै पनि छु, लालबाबु पण्डितले जहिले जहिले अवसर पाएको छ, देश र जनताको लागि पहिलो नम्बरमा काम गरेको छ ।’

मोरङमा शेखर कोइरालाले विकास गरे कि गरेननभन्ने कुरा जनताले राम्रोसँग बुझेको पण्डितले बताए । उनले थपे,‘विराटनगरलाई महानगरपालिकाबनाउने कुरामा एक नम्बरको बाधकउहाँ (शेखरजी) हुनुभयो । त्यतिमात्रै होईन, प्रदेशको राजधानीबनाउने कुरामाकहाँबोल्नुभयो त ? उहाँले त लगातार ९ वर्ष जित्नुभयो, कुन ठाउँमा के विकास गर्नुभयो, लौ देखाउनुहोस् त ? बरु अहिले धेरैको ठाउँमा पैसा पुर्याउनुभयो होला, भोट किन्नको लागिनोट पुर्याउने कामगर्दैहुनुहन्छ होला, तर जनताले यो कुरा पनि राम्रोसँग बुझेका छन् ।’

एमालेकै अर्का नेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनको बहुमत आउनबाट कसैले रोक्न नसक्ने दाबी गरे । विगतमा वामपन्थीले राम्रोसँग सरकार संचालन गर्न नसकेकाले देश विकास हुन नसकेकाले यसपटक जनताले वामपन्थीलाई बहुमत प्रदान गर्ने दाबी गरे ।

प्रकाशित मिति: Nov 15, 2017

प्रतिक्रिया दिनुहोस्