Logo
१२ पुस २०८१, शुक्रबार
(November 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन प्रयोजनका लागि भारतीय दुतावासले आर्थिक सहयोग नगर्दा नेताहरु तनावमा !

  • राज मेहता,

काठमाडौं : दुई चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभाको चुनावको निर्धारित मिति नजिकिनै लाग्दासम्म पनि खास किसिमका दाताहरुबाट चुनावी प्रयोजनका लागि आर्थिक सहयोग नगर्दा दलका नेताहरु यतिबेला तनावमा रहेका छन् ।
समाचार श्रोत भन्छन् ‘भारतीय दुतावासले अलिेसम्म पनि आर्थिक सहयोग नगर्दा प्रमुख दलका नेताहरु चिन्तित बनेका हुन ।’

बिगतमा दुतावासले दलगत र ब्यक्तिगत गरि दुई तरिकाबाट चुनावी प्रयोजनका लागि आर्थिक सहयोग गर्नेगरेका थिए । तर यसपटक अहिलेसम्म पनि गरेका छैनन भने यसपटक नगर्ने बुझिएको छ । भारतीय सत्ता केन्द्रित राजनीतिमा भएको परिर्वतन र भारतिय कांग्रेस पार्टी पार्टीको बहिरगमनका कारण यसपटक दुतावासको नयाँ निति अनुसार यहाँका दलहरुलाई चुनावी प्रयोजनका लागि आर्थिक सहयोग नगरिएको बुझिएको छ ।

श्रोतले भने – ‘भारतमा अहिले भारतीय जनता पार्टी सत्ता रहेको छ र भारतीय कांग्रेस यत्तिबेला प्रतिपक्षी दलको रुपमा छन् र नेपाली कांग्रेस पनि भारतीय कांग्रेस पार्टीकै विचारधारको राजनीतिक दल भएका कारण भारतीय पक्षबाट नेपाली कांग्रेसले सहयोग नपाउने भएको हो ।’  कम्युनिष्ट पार्टी त झन भाजपाको घोषित दुश्मन नै भयो के रे, श्रोत भन्छन् -‘बांम-गठबन्धनले समेत यसपटक कुनै खालको आर्थिक पाउने छैनन । तर ब्यत्तिगत रुपमा खास सम्बन्धका कारण केहि नेताहरुले भने चुनावी प्रयोजनका लागि आर्थिक सहयोग पाउनेछन् ।’

यता, स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिएर दुतावासबाट मोटो आर्थिक सहयोग पाएको राजपा नेपाल पनि यसपटक कुनै खालको आर्थिक सहयोग पाएको छैन । तर राजपाका नेताहरुले चुनावी आर्थिक सहयोग पाउनेमा ढुक्कछन् । ‘केहि ढिलोचाडो होला तर सहयोग त पाइन्छ नै हामि सम्पर्कमै छौं’ एक शिर्ष नेताले भने ‘काठमाडौं स्थित दुतावासले होइन की दिल्लीबाटै चुनावी सहयोगका लागि बजेट तय भइसकेको छ ।’

श्रोतले भने- मोटो आर्थिक सहयोग नपाउदा राजपाका शिर्ष नेताहरु यत्तिबेला निकै तनावमा रहेका छन् । त्यसो त प्राय सबै शिर्ष नेताहरु यसपटक आ-आफनै चिन्तामा डुबेका छन् भने तल्लो स्तरका उम्मेदवार नेताहरु समेत कुनै खालको सहयोग पाउन सकेका छैनन । बिगतमा टिकटसंगै केहि सहयोग पनि उम्मेदवारहरुले पाउथे तर यसपटक कुनै खालको आर्थिक सहयोग नेताहरुले पाउन सकेका छैनन् ।

एक उम्मेदवार नेताले भने ‘शिर्ष नेताहरु यसपटक आफै तनावमा छन अन्य चुनावहरु जस्तो यसपटकको चुनाव अवश्यपनि छैन यसपटकको चुनाव निकै जटिल रहेको छ ।’

प्रकाशित मिति: Nov 14, 2017

प्रतिक्रिया दिनुहोस्