माहादेवले मध्यहर्षाही र गौतमपुरका २ सय बढीलाई राजपामा भित्र्याए
सुनसरी : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का प्रदेशसभाका उम्मेदवार माहादेव मेहताले दक्षिणवर्ती गाँउ मध्यहर्षाही र गौतमपुरबाट विभिन्न पार्टी परित्याग गरी करिब २ सयलाई पार्टीमा भित्र्याएका छन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट प्रदेशसभाका लागि उम्मेदवार रहेका मेहताको पहलमा आईतवार आयोजित कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी सूर्यनारायण मेहता, रामकृष्ण पाल, जगदिश मेहता, रफिद अन्सारी मञ्जु पाल, सुमित्रा मेहता लगायतलाई पार्टीमा भित्र्याएका हुन् । राजपाका राजिब मेहताका अनुसार माओवादी केन्द्रकी स्थानीय नेतृ सुनिता मेहतासहित करिब १२५ जना राजपामा प्रवेश गरेका छन ।
त्यसैगरी सो पार्टीको गौतमपुर अध्यक्ष रामनारायण मेहताको अध्यक्षतामा भएको कार्यक्रममा फोरम लोकतान्त्रिक, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमाले परित्याग गरी ६८ जना पनि राजपामा प्रवेश गरेका छन । मनोज साह, रमेश मेहता, मनोज मेहता, फुलचन्द उराँव, केशरी नन्दन साहसहितका स्थानीय नेता कार्यकर्ताहरु प्रवेश गरेका हुन ।
उनीहरुलाई राजपाकी सुनसरी क्षेत्र नम्बर २ कि प्रतिनिधिसभा सदस्य उम्मेदवार मुन्नादेबी मेहता, राजिब मेहता लगायतले पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशीहरुले मधेस र मधेसी जनताको हक अधिकारको सवालमा लड्ने पार्टी राजपामात्रै भएकोले आफूहरु प्रवेश गरेको बताउँदै राजपा उम्मेदवारलाई विजयी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।