Logo
१७ कार्तिक २०८१, शनिबार
(November 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापाबाट ओलीले भने -‘९ गते पार्टी एकता हुँदैन, प्रचण्डजीलाई नी थाह छैन, मलाईपनि थाह छैन’

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ९ गते पार्टी एकीकरणको कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । उनले अहिले त्यस्तो कुनै कार्यक्रम नरहेको बताए । मंसिर ९ गते पार्टी एकीकरण गर्ने समाचार सामाजिक सञ्जालमा आएपछि झापाको गौरादहमा आइतबार बिहान भएको चुनावी कार्यक्रममा ओलीले त्यस्तो कार्यक्रम नभएको बताएको हो ।

‘बिहानै साथीहरुले एकीकरणको कुरा सुनाउनुभयो, मैले प्रचण्डजीलाई फोन गरेर सोधें, उहाँलाई पनि थाहा छैन,’ ओलीको भनाइ थियो, ‘१० गतेदेखि पार्टी एकता हुँदैन भनेर हल्ला चलाउनेहरुले कथा बुनेका हुन्, उनीहरुले नै कथा वाचन गरिरहेका छन् ।’ उनले दुई वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने दाबी गरे ।

एक अर्को प्रसङ्गमा बोल्दै ओलीले नेपालको अर्थतन्त्र नबुझे अर्थशास्त्रीहरुले वामपन्थी सरकारकोविरुद्ध हल्ला चलाएर नेप्से घटाएको आरोप लगाए । उनले भने ‘हामिलाई हराउन लुटतन्त्रवादीहरुले हरेक हत्कण्डा अपनाएको भन्दै यस्ता प्रयास र होहल्लाले केहिपनि फरक नपर्ने पर्दैन ।

तस्बिर सौजन्य: चेतन अधिकारी

प्रकाशित मिति: Nov 12, 2017

प्रतिक्रिया दिनुहोस्