Logo
३ आश्विन २०८१, बिहीबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिगतमा म सभासद थिँए तर अब म ‘विकासका इन्जिनियर सांसद’ बन्न आएको हुँ : मेहता

  • धर्मेन्द्र मेहता,

इनरुवा : प्रतिनिधिसभा सदस्यका लागि मंसिर २१ गते हुने निर्वाचनमा सुनसरी क्षेत्र नं २ का उम्मेवारहरु बिभिन्न चुनावी एजेण्डा लिएर मतदाताहरुको घरदैलौमा जान क्रम सुरु भएको छ । यस निर्वाचनमा क्षेत्रमा उम्मेदवार भएकाहरु मध्ये नेपाली कांग्रेसका उम्मेदवार सिताराम मेहता यस अगाडिको संविानसभा निर्वाचनमा फरक भुगोल र फरक भुमिकामा रहेर चुनाव जितेका थिए ।

२०७० मा भएको संविधानसभा निर्वाचनमा सुनसरीको क्षेत्र नं ४ रहेको स्थानबाट उठेका नेता सिताराम मेहता यस पटक भुगोल परिवर्तन भएको सुनसरी २ बाट उम्मेदवार बनेका छन । साविकका केही गाविस र नगरपालिकाका वार्डहरु यस पटक यहाँबाट अन्य क्षेत्रमा गाभिएका छन भने केही नयाँ वार्डहरु थपिएका छन ।

विगतमा नेपाली जनताको माग र चाहना भएको नेपालको संविधान निर्माण गर्नु प्रमुख अभिभारा रहेको थियो उनी सामु यस पटक उनको उम्मेदवारी मुख्य गरी आर्थिक समृद्धी र विकासका योजनाहरु जोडिएका छन । पाँच वर्षका लागि निर्वाचित हुने प्रतिनिधिसभा सदस्यका लागि उनी पुराना मतदाताहरु र नयाँ मतदाताहरु माँझमा आफ्नो ब्राण्ड पहिचान गरिवका नेता सिताराम मेहतालाई कायम राख्दै योजनाकार, विकासका नेतृत्वकर्ता, सुनसरीका सामाजिक इन्जिनियरका रुपमा जनताका सामु उभिएका छन ।

जनताका सामु जान इनरुवा १ बाट घरदैलो सुरु गरेका मेहताले विगतको चुनाव जनताका हकअधिकारलाई संविधानमा समावेश गराउनका लागि रहेको थियो । मैले संविधान बनाउन अठोट लिएर जनताबाट विजय हुने मौका पाएको थिए ।यस पटक म जनताको विकासको इन्जिनियर भएर पाँच वर्षका लागि यस क्षेत्रको विकासमा नेतृत्व गर्ने अवसर दिन मतदान गर्न आग्रह गर्दै घर घरमा जादै छु मलाई उहाँहरुले अनुमोदन गरी विकासको एजेण्डालाई साथ दिनुहुने छ, बिगतमा म सभासद थिँए तर अब म विकासका इन्जिनियर सांसद बन्न आएको हो –उनी विश्वास ब्यक्त गर्दै भन्छन ।

सुनसरी क्षेत्र नं २ जिल्लाकै विविधता भएको क्षेत्र भएकाले हिमाल पडाह र तराई जोडन कुनै जात नभएर विकास आवश्यक रहेको उल्लेख गर्दै उनी त्यो विकास गर्न आफूले जनताका धेरै योजनाहरु अगाडि बढाएको बताए । मेहताले जनतालाई झुठ्ठा आश्वासन भन्दा काम गर्ने नेताको खाँचो भएकाले दिर्घकालिन रुपमा यस क्षेत्रमा संचालन हुने विकासका योजनाहरुको रोडम्याप बनाएर सभासद हुँदा सुरु गरेकाले यसलाई सांसद भएर पुरा गर्ने प्रतिवद्धतासहित आफ्नो उम्मेवारीलाई जनअनुमोदित गराउन घरदैलौमा गएको बताए ।

सुनसरीको उत्तर र दक्षिणलाई जोडेर दुई देशविचको धार्मिकक पर्यटनलाई आर्थिक रुपमा हामीले फाइदा लिने योजना बनाउन, हाम्रा क्षेत्रमा भएका बहु सम्भावनालाई उद्योगमा रुपमा अगाडि बढाउन, इनरुवा विराटनगरको आवतजावतलाई सिधा रुपमा सम्पर्क स्थापना गर्नका लागि सडक सञ्जाल निर्माण मुल प्राथमीकताका एजेण्डा भएकाले क्षेत्रवासीहरुको सदभाव, समर्थन र सहयोगमा मेरो उम्मेदवारीलाई निर्वाचनमार्फत अनुमोदन हुनेमा पुर्ण विश्वास रहेको सितारामले बताए ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्