Logo
१२ पुस २०८१, शुक्रबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताका आशा र अपेक्षा पुरा गर्न आफूले उम्मेदवारी दिएको हो : नारायणकाजी

गोरखा : नेकपा माओवादी केन्द्रका नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जनताका समस्या समधान गर्न आफूले तुरुन्तै पहल गर्ने बताएका छन् । जनताका आशा र अपेक्षा पुरा गर्न आफूले उम्मेदवारी दिएको बताउँदै उनले गोरखाको विकासका लागि आफू निरन्तर रुपमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

शनिबार अजरकोट गाउँपालिका–३ काफलडाँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले चुनावपछि वामपन्थीको सरकार बन्ने र जनमुखी विकासका योजना ल्याउने दावी गरे ।  वामपन्थी सरकारले मात्रै जनमुखी र विकासमुखी कार्यक्रम ल्याउने भन्दै उनले समग्र देशको विकासका लागि वामपन्थी सरकारलाई स्पष्ट बहुमत दिन समेत आग्रह गरे ।

आफू गोरखाबाहिर रहे पनि यहाँको विकासका लागि मुख्य भूमिका खेल्दै आएको उनको दावी थियो । गोरखामा पर्यटकीय स्थल प्रसस्त मात्रामा रहेको भन्दै उनले त्यसको विकासका लागि सडक, बिजुली, खानेपानी आदिको उचित व्यवस्थापन गर्न आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्