Logo
३१ भाद्र २०८१, सोमबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसपटक गच्छदार ‘मज्जाको सेफ जोन’ मा, भगवतीको अवस्था निकै कमजोर

सुनसरी : राष्ट्रिय राजनीतिमा ‘कि मेकर’ को रुपमा आफ्नो राजनीतिलाई शिखरमा पु¥याएका नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार यसपटक पनि पुरानै प्रतिष्पर्घी बामगठबन्धकी उम्मेदवार भगवति चौधरीसँगको चुनावी प्रतिष्पर्घामा छन ।

दोस्रो संविधानसभाको निर्वाचनमा चौधरीसँग झिनो मतान्तरले विजयी भएपनि गच्छदार यसपटकको प्रतिनिधिसभाको निर्वाचनमा भने सेफ जोनमा छन । नेपाली कांग्रेससँगको पार्टी एकीकरणपछि आफै एक्लै विजयी भएका गच्छदारलाई कांग्रेससहित अन्य दलहरुको पनि मत थपिने भएकोले उनी यसपटक सुरक्षित देखिन्छन ।

सुनसरीको क्षेत्र नं. ३ मा १ लाख ९ हजार ८ सय ४१ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले २१ हजार ५ सय ७७, एमालेले २० हजार २७, माओवादीले ५ हजार ९ सय ९३, राप्रपाले १८ सय ८९, फोरम लोकतान्त्रिकले १७ हजार ६ सय ७३ र सङ्घीय समाजवादी फोरमले ३ हजार ४ सय २७ मत पाएको थियो ।

यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनको पक्षमा २६ हजार २० मत छ भने नेपाली काङ्ग्रेसको पक्षमा ३९ हजार २ सय ५० मत देखिन्छ । अर्थात यहाँ नेपाली काङ्ग्रेसको पक्षमा १३ हजार २ सय ३० मत रहेको छ । यति ठूलो मतान्तरलाई चिर्नु भगवतिको लागि फलामको च्यूरा चपाउनु सरह हुने स्थिति छ ।

राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने, भविष्यमा प्रधानमन्त्रीसमेत हुन सक्ने जस्ता सम्भावनाले सो क्षेत्रका जनताको आशा र भरोस मनौबैज्ञानिक रुपमा पनि गच्छदारप्रति नै बढी देखिन्छ । भन्दै सुनसरीको इनरुवाबाट प्रकाशित वर्णमाला दैनिकमा समाचार छ ।

गच्छदार र कांग्रेस अलग अलग हुँदा निराश भएर स्वतन्त्र बसेका र अन्यत्र लागेकाहरुलाई पनि गच्छदार कांग्रेसमा आएपछि उत्साहित बनाएका छन । अघिल्लो चुनावमा गच्छदारको विपक्षमा लागेका र तटस्थ बसेका त्यस्ता कार्यकर्ताहरु खुलेरै गच्छदारको चुनावी अभियानमा सक्रिय भएकोले लोकतान्त्रिक गठबन्धनको मतमा बढोत्तरी आउने स्थिति देखिएको छ ।

राजनीतिक खेलाडी गच्छदारको भिडन्त माईक्रोफाईनान्स सञ्चालक गरी महिलाहरुलाई संगठित गरेर त्यसको भरमा राजनीतिक मैदानमा उत्रिएकी भगवतिलाई घरको मुली गच्छदार तिर हुँदा महिलाको मत जोगाउन समेत समस्या पर्ने देखिन्छ ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्