Logo
१० मंसिर २०८१, सोमबार
(November 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार बागी उम्मेदवारसहित माओवादीका १० जना कारबाहीमा

नेकपा (माओवादी केन्द्र) ले चारजना बागी उम्मेदवारसहित १० जनालाई कारबाही गरेको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा, प्रदेशसभाका निर्वाचनका लागि हुम्ला र सल्यानबाट बागी उम्मेदवारी दिने र तिनका प्रस्तावक, समर्थक १० जनाको सदस्यता खारेज गरेको माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालले बिहीबार प्रदेश नं ६ इञ्चार्ज/संयोजकको नाममा जारी गरेको विज्ञप्तिमा जनाएका छन् ।

एमाले, माओ‌वादीसहितका वाम गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको प्रदेश नं. ६ को कार्यालयको सिफारिस अनुसार उनीहरुमाथि अनुशासनको कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा पोलिटव्युरो सदस्यहरु उमाकान्त शर्मा, छक्कबहादुर लामा, भीमप्रकाश शर्मा र ७ जना आयोजक समिति सदस्य छन् । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले तालमेलसहित चुनाव लड्दैछन् ।

प्रकाशित मिति: Nov 9, 2017

प्रतिक्रिया दिनुहोस्