Logo
१० मंसिर २०८१, सोमबार
(November 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुशवाहा उम्मेदवार जिताउन समाजको चुनावी अभियान

काठमाडौं : नेपाल कुशवाहा कल्याण समाजले प्रदेश र प्रतिनिधि सभाको चुनावमा बढी भन्दा बढी कुशवाहा उम्मेदवार जिताउन बिशेष अभियान थालेको छ ।

आइतबार राजधानी काठमाडौं स्थिति केन्द्रिय कार्यालयमा बसेको नेपाल कुशवाहा कल्याण समाजको बैठकले देशभर बढी भन्दा बढी कुशवाहा उम्मेदवार जिताउनका लागी विशेष अभियान थाल्ने निर्णय गरेको हो ।

प्रदेश र प्रतिनिधि सभामा गरि करिब एक दर्जन भन्दा बढी कुशवाहा अन्तरगतका मेहता, महतो, सिंह लगायतका उम्मेदवारहरु विभिन्न राजनीतिक पार्टीबाट चुनावी मैदानमा उत्रेका छन् ।

जस्मा समाजका केन्द्रिय अध्यक्षदेखी पुर्वअध्यक्षसम्म उम्मेदवार रहेका छन् । केन्द्रिय उपाध्यक्ष परमानन्द मेहताका अनुसार जुनै पार्टीका भएपनि योग्य कुशवाहा उम्मेदवारलाई जिताउनु यो अभियानको उद्देश्य रहेको हो ।

‘जहाँ एउटै क्षेत्रमा १ भन्दा बढी उम्मेदवार छन् भने त्यहाँ जितको संभावना हुने उम्मेदवारलाई जिताउनका लागी एक आपसमा मेलमिलाप गराई जातीय हैसियत तालमेल समेत गराउन प्रयास गरिने छौं” मेहताले भने -“यो एकप्रकारको पहल हो हाम्रो एक सुत्रीय उद्देश्य नै यहि हो कि बढी भन्दा बढी कुशवाहा उम्मेदवार जिताऔं ।’

यस अभियानका लागी अर्का उपाध्यक्ष राजेश मेहता, सचिव वीरेन्द्रकुमार मेहता, कोषाध्यक्ष महेन्द्र महतो, केन्द्रिय सदस्यहरु पवन मेहता, अरुण महतो, निलम महतो, मालती सिंहा लगायतले अगुवाइ गर्नेछन् ।

समाजका अनुसार पुर्व केन्द्रिय अध्यक्ष सिताराम मेहता सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यमा, पुर्व-केन्द्रिय कोषाध्यक्ष लक्ष्मी महतो महोत्तरीबाट, बर्तमान केन्द्रिय अध्यक्ष तपेश्वर महतो सिराहाबाट, केन्द्रिय सदस्यहरु रामचन्द्र सिंह सर्लाहीबाट, दिनेश मेहता सुनसरीबाट, सुनसरी जिल्ला पुर्व-अध्यक्ष रामप्रसाद मेहता लगायतले विभिन्न राजनीति पार्टीबाट उम्मेदवारी दिएका छन् ।

त्यस्तै शत्रुघन महतो धनुषाबाट, हरेश महतो सर्लाहीबाट, शत्रुघन सिंह कोइरी सिराहाबाट उम्मेदवारी दिएका छन् यी ब्यक्तीहरु कुशवाहा समुदायका स्थापित राजनीतिक नेताहरु मान्छिन् ।

सबै भन्दाबढी कुशवाहा उम्मेदवार सुनसरीमा रहेका छन् सिताराम र रामप्रसाद सहित माहादेव मेहता, रघुनाथ मेहता, मुन्नादेवी मेहता लगायतका कुशवाहा नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

चौतर्फी क्षेत्रमा कुशवाहाहरु समृद्ध भएरपनि राजनीतिक क्षेत्रमा निकै कम उपस्थिति कुशवाको रहेको सचिव बीरेन्द्रकुमार मेहता बताउछन् । उनि भन्छन ‘लोकतान्त्रिक देशको मेरुदण्ड नै राजनीति क्षेत्र हो तसर्थ पनि यस क्षेत्रमा बलियो पकड हुनै पर्दछ ।’ अन्य जात/जातीको तुलनामा कुशवाहाहरु निकै पछाडी रहेका कारण पनि यस्ता अभियानहरु अत्ति आवश्यक भएको मेहताको कथन छ ।

प्रकाशित मिति: Nov 6, 2017

प्रतिक्रिया दिनुहोस्