Logo
१७ कार्तिक २०८१, शनिबार
(November 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अकुत सम्पत्ति कमाएको आशंकामा पूर्व IGP अर्यालमाथि अख्तियारको छानविन 

काठमाडौं : अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन थालेको छ ।अर्यालले गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए । अख्तियारले बहालवाला सचिव गजेन्द्र ठाकुर र काठमाडौं महानगरपालिकाका दुई डीएसपी धनपति सापकोटा र राजुनाथ पाण्डेमाथि पनि छानविन थालेको स्रोतले बताएको छ ।

अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अर्यालमाथि प्रारम्भिक छानविन थालेको उच्च स्रोतले जनाएको छ । अख्तियारले सम्पत्ति विवरण (१३ पन्ने) भराइसकेको छ । ‘हामीले केही प्रमाण फेला परेपछि नै बोलाएका हौं,’ स्रोतले भन्यो, ‘उनीसँग बयान सुरु भएको छ ।’ अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अहिले डेढ सयभन्दा बढी माथि छानविन गरिरहेको छ ।

प्रकाशित मिति: Nov 5, 2017

प्रतिक्रिया दिनुहोस्