Logo
१० मंसिर २०८१, सोमबार
(November 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निधिको गाउँबाट महतोले गरे चुनावी अभियानको शंखनाद

जटही/जनकपुरधाम : नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि बिरुद्ध उम्मेद्वारी दिएका राष्ट्रिय जनता पार्टी नेपालक अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले धनुषा-३मा आज निधिकै गाउँबाट आफ्नो चुनावी अभियानको शुरुआत गरेका छन्. निधिको जन्मथलो रहेको नगराइन नगरपालिकाको जटहीमा रहेको  मधेश आन्दोलनका प्रथम शहिद दुर्गानन्द झाको शालिकमा माल्यार्पण गर्दै आफ्नो चुनावी अभियानको शंखनाद गरेका छन्.

आज बिहान आफ्ना सैकडौ कार्यकर्ता र स्थानीय जनताको बीच चुनावी अभियानको  शुरुआत गर्दै महतोले यो निर्वाचन मतदान मात्र नभएर मधेश आन्दोलनको एउटा रुप रहेको बताए. कांग्रेसी नेता र आफ्ना प्रतिद्वन्द्वी बिमलेन्द्र निधिलाइ लक्षित गर्दै राजपा अध्यक्ष महतोले भने- “कांग्रेसी सरकारले मधेश आन्दोलनको बेला चलाएको बुलेटको जवाफ यसपाली धनुषाका जनताले ब्यालेटले दिने छ.”

जनकपुरमा रहेको मधेश आन्दोलनमा शहादत दिएका विभिन्न शहिदहरुको परिवारलाइ भेट्दै राजेन्द्र महतोले निधि गृहमन्त्री भएकै बेला उनको निर्देशनमा मलेठमा गोली चलाएर ५जनाको हत्या गरेको समेत आरोप लगाउंदै त्यसको बदला यसपाली धनुषा-३को जनताले लिने बताए.

मधेश विरोधी संविधान बनाउने काम नेपाली कांग्रेसलेनै गरेको र मधेशी जनताको मांग अनुरुप संविधान संशोधनको प्रस्ताव कांग्रेसकै कारण सफल हुन नसकेको आरोप महतोले लगाए. उनले मधेशी जनता अब जागरुक भई सकेको र कसैको र कुनै प्रकारको लोभ लालच, भय त्रासमा आएर मधेश विरोधी पार्टीलाइ र मधेशी आवरणमा रहेका मधेश बिरोधी नेतालाइ मतदान नगर्ने दाबी गरेका छन्.

प्रकाशित मिति: Nov 4, 2017

प्रतिक्रिया दिनुहोस्