Logo
२० कार्तिक २०८१, मंगलबार
(November 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानकी मन्दिरमा पुजा गरेर राजेन्द्र महतोले गराए विमलेन्द्रबीरुद्ध उम्मेदवारी दर्ता

विभिन्न दलका ‘हेभिवेट’ नेता सहितका उम्मेदवारहरुले धनुषामा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस नेता विमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोले क्षेत्र नम्बर ३, माओवादी केन्द्रका नेता रामचन्द्र झाले क्षेत्र नम्बर २, मात्रिका यादवले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

धनुषा ३ मा निधि र महतोको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । ‘हेवेभिवेट’ सहितका अरु उम्मेदवारहरु तामझामका साथ जिल्ला निर्वाचन कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराइरहेका हुन् ।

धनुषा निर्वाचन क्षेत्र नं. ३ मा मात्र अहिलेसम्म १८ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभाका लागि ६ जना र प्रतिनिधिसभाका लागि १२ जना गरि जम्मा १८ जनाले उम्मीदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दिनुपुर्व महतोले जनकपुर स्थित जानकी मन्दिमा पुजा गर्न पुगेका थिए भने उनी संगै जनकपुरका मेयर लालकिसोर साह लगायतका नेता कार्यकर्ताहरुको घुइचो देखिन्थ्यो ।

प्रकाशित मिति: Nov 2, 2017

प्रतिक्रिया दिनुहोस्