Logo
११ पुस २०८१, बिहीबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोले धनुषा ३ रोजेपछि विमलेन्द्र निधि २ मा तिर सरे, (कोकहाँबाट सुचिसहित)

नेपाली कांग्रेस र राजपा नेपालबीच चुनावी गठ्बनधन प्रयास अझैसम्म निश्चित हुन सकेको छैन् । तर संघिय समाजवादी फोरम र राजपा नेपालबीच रहेको २ नम्बर चुनावी तालमेल अनुसार शिर्ष नेताहरुको उम्मेदवारी क्षेत्र लगभग तय भइसकेको छ ।

समाचार श्रोतका अनुसार राजपा नेता राजेन्द्र महतोले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ रोजेपछि नेपाली कांग्रेस र राजपाबीच चुनावी तालमेल हुन नसकेको हो ।

महतोले धनुषा ३ नछोड्ने भएपछि कांग्रेस नेता विमलेन्द्र निधिले धनुषा २ रोज्ने करिब-करिब तय भएको छ’ श्रोतले भने ‘अब निधिले २ सर्न तयार भए गठ्बन्धन हुने संभावना छ, तर नभए संभावना छैन’ ।

यता शिर्ष मधेशी नेताहरु उपेन्द्र यादवले सप्तरी २, राजकिशोर यादवले सिरहा ४, शरदसिंह भण्डारी महोत्तरी २, महन्थ ठाकुर महोत्तरी ३ को ‘क’ वा ‘ख’, महेन्द्रराय यादव सर्लाही २ , अनिलकुमार झा रौतहट १ बाट उम्मेदवारी दिने निश्चित भएको छ ।

त्यस्तै राजपा नेता लक्षमणलाल कर्णले पर्सा ४ बाट र फोरम नेता रामसहाय यादवले बारा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने बताइएको छ ।

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्